तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र १५, २०७८

अभिनेता पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् । 

अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए । रिटमार्फत शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन् । 

१० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । थुनामा रहेको पाँचौँ दिन शाह अदालत पुगेका हुन् ।