ओली प्रतिष्ठानद्वारा राणा,राई,श्रेष्ठ, खड्का र पोखरेललाई बैशाख ४ गते पुरस्कृत गर्ने घोषणा (विज्ञप्तिसहित)

ओली प्रतिष्ठानद्वारा राणा,राई,श्रेष्ठ, खड्का र पोखरेललाई बैशाख ४ गते पुरस्कृत गर्ने घोषणा (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७८

झापा । रुद्र-गौरी श्री अम्बिका ओली प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको  चार विधाका पुरस्कारको घोषणा गरेकाे छ । 

रुद्र-गौरी श्री अम्बिका ओली प्रतिष्ठानले २०७८ चैत्र १५ गते जारी गरेकाे विज्ञप्तिका अनुसार पहिलो पटक पाँच लाख  राशिको   सम्मान पत्रसहित श्री श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कारबाट हिमालय शम्सेर जबरालाई  सम्मानित गर्ने उल्लेख छ । 

त्यस्तै  एक लाख एक हजार एक सय घर राशि सहित र सम्मान पत्र सहित ‘रुद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार’बाट ‘सुभद्रा–मदन फाउन्डेसन’ ( मदन राई) ‘चन्द्रागिरि मेशिनरी उद्योग’ (गोविन्द भक्त श्रेष्ठ)लाई सम्मान गरिने छ । एक लाख एक हजार एक सय घर राशि र सम्मान पत्रले युवती खड्का केसीलाई  ‘गौरा देवी ओली स्मृति राष्ट्रिय आमा पुरस्कार’बाट सम्मानित गरिनेछ । एक लाख एक हजार एक सय घर राशि र सम्मान पत्र कै अर्को पुरस्कार अम्बिका ओली स्मृति राष्ट्रिय  साहित्य तथा पत्रकारिता पुरस्कार  विवश पोखरेललाई  दिने कुरा  प्रेस विज्ञप्तिमा उल्लेख छ । 

नवौं सम्मान तथा पुरस्कार आगामी २०७९ बैशाख ४ गते काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन विकास बोर्डको सभाहलमा एक समारोहकाबीच समर्पण गरिने समेत प्रतिष्ठानले जानकारी दिएको छ । 

प्रेस विज्ञप्तिको पूर्ण पाठ