समाजवादी प्रेस संगठन पाँचथरमा प्रिय योङ्हाङ

समाजवादी प्रेस संगठन पाँचथरमा प्रिय योङ्हाङ

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७८

पाँचथर ।  समाजवादी प्रेस संगठन पाँचथरको नयाँ समिति गठन भएको छ । 

भेलाले प्रिय योङ्हाङको अध्यक्षतामा ७ सदस्य रहेको  जिल्ला समिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षमा शङ्कर चापागाईं, सचिवमा निराज निरौला, सह सचिवमा सुरज भण्डारी र कोषाध्यक्षमा सलिना भण्डारी चयन हुनुभएको छ ।समितिका सदस्यहरुमा निरुता रम्तेल र सर्मिला मुखिया रहनु भएको छ । 

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पाँचथरका सचिवालय सदस्य तथा कार्यलय सचिव विरदल राईको उपस्थितिमा समाजवादी प्रेस संगठन नेपालका संस्थापक केन्द्रीय सदस्य गणेश साम्पाङ राई,  एकीकृत समाजवादी जिल्ला सदस्य किरण चापागाईं तथा अनेरास्ववियू प्रदेश १ का अध्यक्ष राजु थाम्सुहाङको उपस्थितिमा समिति गठन भएको प्राप्त समाचारमा उल्लेख छ ।