अनेरास्ववियू  बानेश्वर क्याम्पसमा सुरेश बिशुन्के

अनेरास्ववियू  बानेश्वर क्याम्पसमा सुरेश बिशुन्के

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७८

 काठमाडौँ ।  अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सूर्यमा बादल लागि सकेकोले कलम नै जनताको प्यारो चुनाव चिन्ह भएको बताउनु भयो । 

मंगलबार बानेश्वर क्याम्पस कमिटी घोषणा कार्यक्रममा बोल्दै विद्यार्थी नेता पराजुलीले केपी ओलीको पार्टी धमिरा लागेको रुख जस्तै भएकोले आउँदो चुनावमा पतन हुने बताउनु भयो । 

विद्यार्थीहरू भविष्य निर्माणका आधार भएको भन्दै अध्यक्ष पराजुलीले शैक्षिक सवाल सहित जन जीविकाका सवालहरूमा समेत विद्यार्थीहरूको ध्यान आकृष्ट हुनुपर्नेमा जोड दिनुभयो । भेलाले सुरेश बिशुन्केको अध्यक्षतामा २३ सदस्यीय बानेश्वर क्याम्पस कमिटी कमिटी सर्वसम्मत चयन भएको छ । सुजन वाइबाको अध्यक्षतामा भएको कार्यक्रममा अन्य विद्यार्थी नेताहरूको समेत उपस्थिति रहेको थियो ।