कांग्रेसद्वारा स्थानीय तह निर्वाचन परिचालनको जिम्मा खड्कालाई

कांग्रेसद्वारा स्थानीय तह निर्वाचन परिचालनको जिम्मा खड्कालाई

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७८

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको कांग्रेसले जनाएको छ । यस्तै प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।