साहित्य तथा संस्कृति प्रतिष्ठान कैलाली: पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार चन्द  सम्मानित

साहित्य तथा संस्कृति प्रतिष्ठान कैलाली: पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार चन्द  सम्मानित

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र १६, २०७८

काठमाडौँ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न विधाका  साहित्यकारलाई पुरस्कृत तथा अभिनन्दन गरेको छ । 

प्रतिष्ठानले म‌ंगलबार काठमाडौँमा आयोजना गरेको विविध पुरस्कार एवम् अभिनन्दन कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं वरिष्ठ  साहित्यकार लोकेन्द्र बहादुर चन्दको ८४ औ वसन्त प्रवेशको अवसरमा अभिनन्दन तथा पुरस्कार वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना सङ्क्रमणका कारण विगत वर्षमा रोकिएको सम्मान कार्यक्रम यस वर्ष गरिएको बताए । 

प्रतिष्ठानले २०७५ सालको १ लाख रुपैयाँ राशिको मणिराज बाङमय पुरस्कार पूर्व प्रधानमन्त्री एवं वरिष्ठ  साहित्यकार लोकेन्द्र बहादुर चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा। तुलसी भट्टराई लाई प्रदान गरेको छ ।

यसैगरी गोदावरी प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ । यसरी नै स्वामी खप्तड स्वामी सञ्चितानन्द सरस्वती पुरस्कार साहित्यकार भरतराज पौडेललाई प्रदान गरिएको छ । प्रतिष्ठानले शास्त्री देवराज आचार्य पुरस्कार २०७६ प्रा।डा। रामचन्द्र भट्ट र खड्ग बहादुर प्रतिभा पुरस्कार लक्की बहादुर चौधरीलाई प्रदान गरिएको छ । 
सो अवसरमा पूर्व प्रधानमन्त्री चन्दले डा। तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चिन देखेपछि’ नामक यात्रा वृत्तान्त पुस्तक समेत लोकार्पण गर्नु भएको छ । सो अवसरमा पूर्व प्रधानमन्त्री चन्दले साहित्य समाजको आत्मा भएकाले साहित्य विना मानव जीवन निरस हुने बताए । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी, महासचिव मदनराज जोशी, साहित्यकार तुलसी भट्टराई लगायतका साहित्यकारले मन्तव्य राखेका थिए ।