पाँचथरका २७ मतदानस्थल अति संवेदनशील सूचिमा !

पाँचथरका २७ मतदानस्थल अति संवेदनशील सूचिमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७८

 पाँचथर। पाँचथर जिल्लाका २७ मतदान केन्द्र अति संवेदनशीलको सूचिमा परेका छन् । जिल्ला सुरक्षा समिति पाँचथरले सुरक्षा संवेदनशीलताको दृष्टिकोणबाट मतदान केन्द्रहरूको वर्गीकरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको समितिको बैठकले पाँचथरका एक सय एक मतदान स्थल केन्द्रमध्ये २७ वटालाई अति संवेदनशील, ६५ वटालाई संवेदनशील र ९ वटालाई सामान्यमा वर्गीकरण गर्दै सुरक्षा योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याएको छ । फिदिम नगरपालिकाका ९, फालेलुङ गाउँपालिकाका ११, तुम्वेवाको १, फाल्गुननन्दका ३ र मिक्लाजुङका ३ मतदान केन्द्र अति संवेदनशीलमा सूचीकृत गरिएको प्रजिअ न्यौपानेले जानकारी दिए ।

उनको अनुसार फिदिम नगरपालिकाका ५, याङवरक  गॉउपालिकाका ९, हिलिहाङका ११, कुम्मायकका १०,  तुम्वेवाका ८, फाल्गुननन्दका १२ र मिक्लाजुङका १० वटा केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ । यस्तै, फिदिम नगरपालिकाका ८ र याङवरक गाउँपालिकाको १ गरी ९ वटा मतदान केन्द्र सामान्यको सूचीमा परेका छन् ।