काठमाडाैंमा क्षणिक वर्षा,  मेघगर्जनसहित हल्का वा क्षणिक वर्षाको सम्भावना

काठमाडाैंमा क्षणिक वर्षा,  मेघगर्जनसहित हल्का वा क्षणिक वर्षाको सम्भावना

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र १६, २०७८

काठमाडाैं ।काठमाडाैंका आकाश तुवाँलोले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएकाे छ । केहीदिन यता काठमाडाैंमा प्रदूषण पनि ह्वात्तै बढेकाे छ ।

तर, बिहान वर्षा हुँदा राहत महसुस गरिएकाे छ ।

मासमै पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ । 

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । 

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

बिहीबार प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।