सुर्खेत उद्योग वाणिज्य संघ:  २६ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक

सुर्खेत उद्योग वाणिज्य संघ:  २६ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७८

सुर्खेत । मंगलबार सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।  संघले निर्वाचन समिति सचिवालयको स्थापना गर्दै मतदाता नामावलीसहित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सुर्खेत उद्योग वाणिज्य संघको १३ औं कार्यसमितिको लागि यही चैत २६ गते हुने निर्वाचन प्रयोजनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले चैत १५ अर्थात मंगलबार २०१४ जना मतदाताहरूको नामावली प्रकाशन गरेको छ ।

चैत १६ गते बिहान ११ बजेदेखि १८ गते ३ बजेसम्म प्रालि साझेदारी फर्म र कम्पनी लगायतको मतदाता सूचीमा नाम समावेश हुने गरी प्रतिनिधि पठाउने, प्रा।लि। साझेदारी फर्म र कम्पनी समेतको मतदाता सूचि प्रकाशन चैत १८ गते दिउँसो ४ बजेसम्म गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।

यस्तै, मतदाता नामावलीमा दाबी विरोध चैत १९ गते बिहान १० बजेदेखि साँझ ३ बजेसम्म, चैत १९ गते दिउँसो ४ बजेपछि उजुरी उपर निर्णय र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ ।

चैत २० गते बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म उम्मेदवारी दर्ता, दिउँसो ४ बजेपछि उम्मेदवारहरूको सूची प्रकाशन, चैत २१ गते बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म उम्मेदवारी उपर दाबी विरोध, दिउँसो तीन बजेपछि दावी विरोध उपर निर्णय र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको कार्यतालिका तय भएकोे निर्वाचन समितिले जनाएको छ ।

यस्तै, चैत २२ गतेदेखि २४ गते रातको १२ बजे सम्म प्रचार–प्रसार अवधि, २४ गते रातको १२ बजेपछि मौन अवधि र चैत २६ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान र मतदान पश्चात मतगणना र मतगणना सम्पन्न भएपछि परिणाम घोषणा गरिने निर्वाचन समितिले बताएको छ । निर्वाचनका लागि उत्तम आचार्य, नन्द भण्डारी र भानुभक्त गौतम सम्मिलित निर्वाचन मण्डल पनि गठन भएको छ ।