राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइ पनि संवैधानिक इजलासमा

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइ पनि संवैधानिक इजलासमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७८

दल विभाजन गर्ने प्रावधान खुकुलो बनाउनेगरी गत भदौमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटको आज सुनुवाइ हुँदै छ । 

अध्यादेशका आधारमा नेकपा एमाले र जनता समाजवादी पार्टी भने विभाजन भएकै ८ महिना पुगेको छ । तर, बल्ल अध्यादेशविरुद्धको रिटको सुनुुवाइ कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ आज हुँदै छ ।

रिट निवेदक अधिवक्ताहरू अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अर्याल र अनुपा अर्याल, सरोज बुढाथोकी र आशिष श्रेष्ठ, प्रवेश केसी, श्रीकान्त बराल र दलबहादुर धामी हुन् । 

उनीहरूले रिटमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको माग गरेका छन् ।