मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र १६, २०७८

त्रिदेशीय अन्तर्राष्ट्रिय टी- २० खेलमा बुधबार मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर मलेसियाले ब्याटिङको निर्णय गरेको हो । शृंखलाको यो तेस्रो खेल हो ।

यसअघि भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियाले पीएनजीलाई ८ रनले पराजित गरेको थियो ।