फेरि पनि नरेन्द्र मोदी

फेरि पनि नरेन्द्र मोदी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ६, २०७६

विभिन्न मिडियाले गरेको पोस्ट पोल सर्वेक्षणका अनुसार भारतमा पुनः एक पटक नरेन्द्र मोदी प्रधानमन्त्री बन्न गइरहेका छन् । सबै सर्वेक्षणले भाजपा गठवन्धनले स्पष्ट बहुमत हासिल गर्ने अनुमान गरेका छन् । 

नयाँ दिल्ली । भारतमा ‘फिर एक बार मोदी सरकार’, ‘अबकी बार तीन सौ पार’, मोदी है तो मुमकिन है, चौकीदार प्योर है’ जस्ता नाराले सार्थकता पाउने अनुमान गरिएको छ । 

सात चरणको चुनाव सम्पन्न भएपछि विभिन्न मिडिया हाउसले गरेको पोष्ट पोल सर्भेमा भाजपा गठवन्धनले स्पष्ट बहुमत पाउने अनुमान सार्वजनिक भएको छ । 

अधिकांश मिडियाका सर्भे अनुसार भाजपा र यसको गठवन्धन एनडिएले कर्नाटक, महाराष्ट्र, मध्यप्रदेश, उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, उडीसा, पश्चिम बंगाल, आसाम, दिल्ली, छत्तिसगढ, झारखण्ड, गोवा लगायत पुर्वोत्तरका साना राज्यमा विजयको झण्डा फहराउँदैछ । 

केरल, आन्ध्र प्रदेश, तेलांगाना, तमिलनाडु र पंजाबमा भाजपा अपेक्षाकृत कमजोर रहने अनुमान गरिएको छ ।