एकीकृत समाजवादीले एनआरएनसँग भन्यो-'संविधानमा नै प्वाल पार्न थालेपछि विद्रोह बाध्यता'

एकीकृत समाजवादीले एनआरएनसँग भन्यो-'संविधानमा नै प्वाल पार्न थालेपछि विद्रोह बाध्यता'

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७८

 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ताको बागडोर बामपन्थी वर्चश्व थेग्न नसक्ने कमजोर नेतृत्वको हातमा पुगेपछि यो अवस्था आएको बताउनु भएको छ ।

बुधबार पार्टीको केन्द्रीय कार्यालय आलोक नगरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादद्वारा गैरआवासीय नेपाली संघ एनआरएन को नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिन आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नेकपा विघटन र एमालेको विभाजनबारे बताउँदै विगतको वामपन्थीको वर्चश्व थेग्न नसक्ने कमजोर नेतृत्वको हातमा पुगेपछि एउटा गुटको कब्जामा पुगेका कारण देश आजको अवस्थामा आइपुगेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले दुईतिहाई नजिक पुगेको शक्तिशाली सरकारले एकपछि अर्को प्रगतिशिल काम गर्न सक्थ्यो । यो ४२ महिनाको सरकारले बजेट, ऐन, कार्यक्रममा कहीँकतै प्रगतिशीलता देखिएन संविधानमाथि खतरा पैदा भयो उहाँले भन्नुभयो । संविधानसभाबाट बनेको संविधानमा नै प्वाल पार्न थालेपछि विद्रोह गर्न बाध्य भएको उहाँको भनाइ थियो । लोकतन्त्र र गणतन्त्रमाथि धावा बोलेर संविधान किचेर प्रतिगामी कदम चाल्न थालेपछि विद्रोह गर्नुपरेको हो ।

अब मुलुक अपेक्षाकृत रूपमा स्थायित्वतर्फ उन्मुख भएको छ । अहिलेको महत्वपूर्ण काम संविधानको रक्षा हो र पाँच दली गठबन्धन यस कुरामा सचेत र जिम्मेवार छ, उहाँले भन्नुभयो । कार्यक्रमका सभापति तथा नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले अध्यक्षका तर्फबाट मन्तव्य दिनुभएको थियो । अहिलेको महत्वपूर्ण काम संविधानको रक्षा भएकाले पाँच दलीय गठबन्धन यस कुरामा सचेत र जिम्मेवार रहेको बताउनुभएको छ। एनआरएनएको दसौँ विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा हाम्रो पार्टीको तर्फबाट बधाई ज्ञापन गर्न चाहन्छौँ ।

उहाँले हाम्रो देशबाट विभिन्न कालखण्डमा विदेशमा जाने र बस्ने क्रम सुगौली सन्धिकै समयदेखि विदेशमा बस्न थालेको बताउनुभयो । २०४६ सालपछि ठूलो संख्यामा नेपाली बाहिर जाने क्रम बढ्दै जाँदा अहिले नेपाली नपुगेको देशै छैन भने पनि हुन्छ । उहाँले भौगोलिक, सांस्कृतिक, स्रोतसाधन पर्याप्त हुँदाहुँदै पनि गतिलो नेतृत्व नपाएका कारण नेपाल गरिब भएकोमा दुख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, नेपालबाट नेपाली बाहिरिनुको कारण बोर हामी राम्रो लजिक दिन सक्दैनौँ ।

नेपाल गरिब देश नहुँदा नहुँदै पनि नागरिक यसरी बाहिरिनु दुखद रहेको छ, उहाँले भन्नुभयो । उहाँले नवनिर्वाचित अध्यक्षत्रयलाई बधाई दिनुभयो । उहाँले भन्नुभयो, विगतमा भन्दा सफल नेतृत्व बनेर देखाउनुहोस् । प्रवासी नेपालीले भोग्नुपरेका समस्या साधानमा नेतृत्व सक्षम बनोस् । उहाँले प्रवासी नेपालीको हकहितमा काम गर्ने संस्थाले मिलेर काम गरेर उच्च योगदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

यस्ता संगठनमा पार्टीको स्पष्ट हस्तक्षेप नहोस् भन्ने चाहन्छौँ । सम्मेलनको दौरानमा विभिन्न पार्टीलाई समान ढंगले हेरिएन कि भन्ने लागेको छ । हामी कमजोर भएर उपस्थित नभएका होइनौं । पार्टीको नीति अन्तर्गत नै हस्तक्षेप नगरेका हौँ, उहाँले भन्नुभयो । नेकपा एकीकृत समाजवादीका उप महासचिव तथा मोर्चा संगठन प्रमुख डा‍. विजय पौडेलले संसार साँघुरिँदै जाँदा संसारमा छरिँदै गए पनि नोस्टाल्जियाले मातृभूमिको माया उस्तै रहने बताउनुभयो । उहाँले दुईतिहाईको सरकारले जनताका पक्षमा बाम नगरेपछि विद्रोह गरेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, चौथो नीति तथा कार्यक्रमसम्म पनि मिल्न नसक्ने वातावरण निर्माण नमिलेपछि संरचना, कार्यशैली र समाजवादसम्मको यात्राका लागि हस्तिनापुर छोडेर चपरी मुनि रोजेका हौँ । उहाँले मातृभूमिको सेवामा यहाँहरुको योगदान उच्च रहनेमा हामी विश्वस्त रहेको बताउनुभयो । गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यकालका अध्यक्ष कुल आचार्यले अत्यन्त जटिल अवस्थामा दशौं सम्मेलन गरेको बताउनुभयो । हाम्रो समस्या बुझेर चाहँदा चाँहदै पनि सबैलाई बोलाउन नसकेकोमा माफी दिनुहुन्छ भन्नेका विश्वास लिएका छौँ ।

साथै तपाईँहरूको सहृदयी स्वागतप्रति हामी आभारी छौँ,उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, हामी संसारभरि रहेका नेपालीलाई कसरी नेपालसँग जोड्ने भन्नेमा लागि पर्ने छौँ । नेपालसँग जोड्ने कुरामा र नेपालको विकास गर्ने कुरामा प्रतिबद्ध रहने छौँ । गैरआवासीय नेपाली संघमा सबै राजनीतिक विचार समेटिउन भन्ने सोचेर अहिलेको कमिटिले डायोस्पोरालाई कोशेढुंगा साबित गर्ने प्रतिबद्धता जनाउँछु ।

एनआरएनएका अर्का अध्यक्ष रविना थापाले यो संस्थालाई सबै पार्टीको सुन्दर फूलबारी होओस् भनेर सर्वसम्मत निर्णयद्वारा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, राजनीतिक हस्तक्षेप हुँदा महिला, मधेसी र जनजातिलाई समेत समावेशी ढंगले समावेश नहुने भएकाले यसपटक सर्व सहमत चयन गरेका हौँ । उहाँले भन्नुभयो, नागरिकता, भोटिङ राइट्स का मुद्दा उठाएका छौँ ।

सुझाव सल्लाह र आशीर्वादको अपेक्षा गर्दछौँ ।विदेशमा बस्ने नेपालीलाई पेन्डामिकका बेलामा विचल्ली हुन दिएनौँ । नेपाल सरकारसँग किट्स र अक्सिजन सिलिन्डरको सप्लाई गरेका थियौँ । अर्का अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली गतिविधि १९९९ पछि सुरु भएपनि सन् २०१३ पछि मात्रै संस्थागत अभियान थालेको बताउनुभयो । हामीले मातृभूमिलाई समृद्ध बनाउन सकौँ भनेर १ लाख ६ हजार सदस्य भएका छौँ ।

युएनमा पनि डायोस्पोरा अर्गनाइजेसन रजिष्टर हुँदैछ, उहाँले भन्नुभयो, आज हामी तीनजना अध्यक्ष ठूलो नेटवर्क बनेका छौँ । हामी राष्ट्रिय सहमतिका आधारमा एनआरएनका साझा मुद्दामा लड्ने प्रण गरिरहेका छौँ । यहाँबाट विदेशिने लगानी रोक्न र विदेशमा बस्ने नेपालीले लगानी गर्ने वातावरण बनाउन पनि नागरिकतासँग सम्बन्धित संविधान सच्याउनुपर्छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष मुकुन्द न्यौपाने, महासचिव वेदुराम भुसाल, उपमहासचिव तथा मोर्चा संगठन प्रमुख, कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष मुकुन्द न्यौपाने, महासचिव वेदुराम भुसाल, उपमहासचिव तथा मोर्चा संगठन प्रमुख, उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पहिलो कार्यकालका अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी, अध्यक्ष रविना, एनआरएनएका सल्लाहकार डिबी कार्कीको समेत उपस्थिति रहेको थियो ।