एक लाख राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट किशोर नेपाललाई

एक लाख राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट किशोर नेपाललाई

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १७, २०७८

काठमाडौँ । वरिष्ठ पत्रकार किशोर नेपाल कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । 

रिपोर्टस क्लव नेपालले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई सम्मान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार नेपाललाई सम्मान गरेका हुन् ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकाे नामबाट क्लबले कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारलाई सम्मान गर्दै आएकोे छ ।  

एक लाख रुपैयाँ र ताम्रपत्रसहित पत्रकार नेपाललाई सम्मान गरिएको हो ।