विहारको पोस्ट पोल, कन्हैया कुमार हार्ने

विहारको पोस्ट पोल, कन्हैया कुमार हार्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ६, २०७६

जवाहरलाल नेहरु विश्वविद्यालयका विवादास्पद विद्यार्थी नेता कन्हैया कुमारले विहारको बेंगुसराय निर्वाचन क्षेत्रबाट चुनाव लडेर निकै चर्चा पाए । जावेद अख्तर, शवाना आजमी, स्वरा भास्कर, शेहला रशिद, प्रकाशराज देखि नेपालका कैयन वामपन्थी विचारक पनि कन्हैयाको समर्थनमा बेंगुसराय पुगेका थिए । 

पोस्ट पोलको अनुमान अनुसार विहारमा एनडिएले झण्डै ‘क्लीन स्विप’ गर्ने छाँटकाँट देखिएको छ । 

काठमाडौं । पोस्ट पोलको अनुमान अनुसार विहारमा भाजपा गठवन्धनले अधिकांश निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने सम्भावना देखिएको छ । 

बहुचर्चित उम्मेद्वार कन्हैया कुमारको चुनाव जित्ने सम्भावना त टाढै उनी दोस्रो हुने सम्भावना पनि देखिएको छैन् । 

पोस्ट पोलको आँकलन अनुसार बेंगुसरायमा भाजपा उम्मेद्वार गिरिराज सिंहले निर्वाचन जित्ने छन् । र, महागठवन्धनका उम्मेद्वार तनवीर हसन दोस्रो हुने छन् । 

विभिन्न सर्भेका अनुसार कांग्रेसको महागठवन्धनले बढीमा ६ सिट एवं घटीमा २ सिटमा विजय हासिल गर्नेछ ।