शुक्रवार आठ सय रुपैयाँले बढेपछि सुनको मूल्य ९९ हजार सात सय रुपैयाँ

शुक्रवार आठ सय रुपैयाँले बढेपछि सुनको मूल्य ९९ हजार सात सय रुपैयाँ

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र १८, २०७८

काठमाडौँ । सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा काराेबार भइरहेकाे छ । 

यसअघि,बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ १० रुपैयाँ बढेको छ  । बिहीबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ६० रुपैयाँ  निर्धारण भएको छ ।