गोठस्टेलाई प्रवर्द्धन गर्न: पाँचथरको फालेलुङमा पाँचौँ चौँरी महोत्सव चैत ३० देखि बैशाख ५ सम्म

गोठस्टेलाई प्रवर्द्धन गर्न: पाँचथरको फालेलुङमा पाँचौँ चौँरी महोत्सव चैत ३० देखि बैशाख ५ सम्म

लोकसंवाद संवाददाता  |  पर्यटन  |  चैत्र १८, २०७८

पाँचथर । ८ पाँचथरको फालेलुङ गाउँपालिकामा पाँचौँ फालेलुङ चौँरी पर्यटन महोत्सव हुने भएको छ ।

महोत्सव चैत ३० देखी बैशाख ५ गते हुने भएको छ । फालेलुङ गाउँपालिका र तथा विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा हुने महोत्सवमा चौँरी तथा याकको प्रजातिहरूको प्रदर्शनी, चौँरी बाट उत्पादित वस्तुहरूको प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, लगायतको प्रदर्शनी रहने फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ ।

महोत्सवमा चौँरी र चौँरीजन्य उत्पादनको प्रदर्शनी, गोठ पर्यटनको प्रवर्द्धन, उच्च पहाडी क्षेत्रको अवलोकन, सांस्कृतिक कार्यक्रम राखिएको छ । यो पल्ट फुटबल प्रतियोगिता समेत जोडिएको छ । अग्लो स्थानमा हुने प्रतियोगितामा नेपाल–भारतका टिमको सहभागी हुने बताइएको छ । महोत्सवले गोठस्टेलाई प्रवर्द्धन गर्ने छ ।

चार वटा महोत्सव यही चार रातेमा आयोजना गरिएको थियो । गत वर्षको महोत्सव भने तीन सिमानामा गरिएको थियो । चार राते चर्चित पर्यटकीय गन्तव्य सन्दुकपुरदेखि नजिकै पर्छ । महोत्सव स्थलमा गाडीमा जान सकिन्छ । महोत्सव फालेलुङ कञ्चनजंघा  पर्यटन प्रवर्द्धन संस्था, दीप ज्योति युवा क्लब, कञ्चनजंघा चौँरी पालन तथा संरक्षण संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

महोत्सवमा गाँउपालिका सहयोग गरेको मूल आयोजक समितिका सचिव सुनिल वान्तवाले जानकारी दिए । महोत्सवलाई कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहलले प्रवर्द्धन गर्दै छ । महोत्सवका लागि आवश्यक तयारी अगाडी बढाइएको कञ्चनजंघा  पर्यटन प्रवर्द्धन संस्थाका उपाध्यक्ष शिल्प राईले बताए । चौँरी तथा याकको प्रर्दशन, दूधजन्य उत्पादनको प्रदर्शनी तथा बिक्री, स्थानीय संस्कृति झल्किने परिकार, स्थानीय उत्पादनको प्रदर्शनी, भेडाको उनबाट बनेका समाग्र प्रदर्शनी तथा बिक्री, घोडा चढी, याक चढी, सुन्दर गन्तव्यहरू भ्रमणका कार्यक्रम राखिएको आयोजक संस्थाका डिल्ली आन्जमुले जानकारी दिए ।

गुराँस फुलेर रङ्गीचङ्गी बनेको हुन्छ । महोत्सवलाई आकर्षण गर्न फालेलुङ क्षेत्रमा पाइने जडिबुटीहरू, स्थानीय संस्कार संस्कृति झल्कने परिकारहरू, भेडाको उनबाट निर्मित सामाग्रीहरु बिक्री, गोठस्टेको अनुभव , उत्कृष्ट चौँरी पालक कृषक सम्मान, पुरुष फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतको आकर्षण रहने आयोजकले जनाएको छ ।