समाजवादी प्रेस संगठन काठमाडौँ महानगरमा शंकर अधिकारी

समाजवादी प्रेस संगठन काठमाडौँ महानगरमा शंकर अधिकारी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १८, २०७८

काठमाडौँ । समाजवादी प्रेस संगठन, नेपालको काठमाडौँ महानगरपालिका कमिटी शंकर अधिकारीको संयोजकत्वमा गठन भएको छ । 

नेकपा (एकीकृत समाजवादी) काठमाडौँ महानगरपालिका कमिटीको विशेष पहलमा भएको भेलाद्वारा 'एक वडा एक पत्रकार' भन्ने नाराका सात दिन भित्र पूर्णता दिने गरी ७ सदस्य रहेको काठमाडौँ महानगरपालिका तदर्थ कमिटी  गठन गरेको हो ।

र‌ंजित धमला सचिव रहेको कमिटीका सदस्यहरूमा राजु नापित, राजु पौडेल, देव राई, तेज राई र पवन किराँत रहनु भएको छ । 

नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य सीता श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) काठमाडौँ महानगरपालिका कमिटीका अध्यक्ष रामेश्वर श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग सदस्य तथा समाजवादी प्रेस संगठन नेपालका महासचिव भूपराज खड्का, नेकपा (एकीकृत समाजवादी)का प्रचार विभाग सदस्य कृतु भण्डारीको नेकपा (एकीकृत समाजवादी) काठमाडौँ महानगरपालिका युवा संघका अध्यक्ष तथा  वडा नं २५ का नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष सञ्जीव श्रेष्ठ आतिथ्यमा  नेपालको काठमाडौँ महानगरपालिका कमिटीको खुसीबुस्थित हलमा  भेला सम्पन्न भएको  थियो ।