नेपाल खेलकुद महासंघ : काठमाडौँ क्षेत्र नम्बर १ मा केम्स सिंह

नेपाल खेलकुद महासंघ : काठमाडौँ क्षेत्र नम्बर १ मा केम्स सिंह

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७८

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जनसंगठन नेपाल खेलकुद महासंघ समाजवादी क्षेत्रीय कमिटी निर्वाचन क्षेत्र नम्बर १ काठमाडौँ गठन भएको छ ।

शुक्रवार भएको भेलाले केम्स सि‌ंहको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।  समितिका उपाध्यक्षहरूमा विपिन खनाल, लक्ष्मी थापा, सचिव प्रज्वल मगर, सह सचिवहरू सदीक्षा खरेल , साजन बोहरा कोषाध्यक्ष मोनिका चौलागाईं रहनु भएको छ भने अन्य  सदस्यहरूमा विशाल बुढाथोकी रबी श्रेष्ठ , विजय शाही,अनिल बुढा, सुदेश पहाडी रहनु भएको छ । साथै भेलाले नेपाल खेलकुद महासंघ वडा नम्बर ३१ समेत गठन गरेको छ ।  अनीश लिम्बूको अध्यक्षतामा वडा कमिटी गठन भएको हो ।

पार्टीका स्थायी कमिटी सदस्य, बागमती प्रदेश कमिटी अध्यक्ष  सावित्रा भुसालको प्रमुख आतिथ्यमा अतिथिहरू जिल्ला कमिटी अध्यक्ष  कुसुम कार्की, उपाध्यक्ष ओम कुमारी श्रेष्ठ  पदाधिकारी जिल्ला कमिटी सदस्यहरू खेलकुद महासंघ जिल्ला कमिटी अध्यक्ष हरि महर्जन समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल खेलकुद महासंघ क्षेत्रका इन्चार्ज  हुकुममनि पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।