हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ : ५० जना युवाले रोजे एकीकृत समाजवादी

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ : ५० जना युवाले रोजे एकीकृत समाजवादी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७८

मकवानपुर । विभिन्न पार्टी परित्याग गर्दै ५० जना युवाहरू आज शनिवार एकीकृत समाजवादीमा आबद्ध भएका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा आयोजित युवा भेलामा विभिन्न पार्टी परित्याग गर्दै समाजवादीमा प्रवेश गरेकाहरूलाई पार्टी मकवानपुर जिल्ला उपाध्यक्ष एवं हेटौँडा उपमहानगरपालिकाका उप मेयर, भेलाकी प्रमुख अतिथि मिनाकुमारी लामाले स्वागत गरिन् ।

भेलाले रतन थोकरको अध्यक्षतामा २१ सदस्यीय युवा संघ हेटौँडा उपमहानगरपालिका १ नम्बर वडा कमिटी गठन गरेको छ ।

भेलामा पार्टीका हेटौँडा उपमहानगरपालिका कमिटी अध्यक्ष ध्रुव भुजेल, सचिव देवराज गौतम, युवा संघका केन्द्रीय सदस्य प्रकाश बानियाको आतिथ्य थियो ।  

गठित युवा संघ हेटौँडा १ नम्बर वडा कमिटीका सदस्यहरूलाई युवा संघ मकवानपुर जिल्ला कमिटीका उपाध्यक्ष एवं युवा संघका हेटौँडा नगर इन्चार्ज सफल अधिकारीले शपथ ग्रहण गराएका हुन्