बम विष्फोटन घटनामा संलग्न रहेको अभियोगमा योजनाकार खगेन्द्र खरेलसहित ४ जना पक्राउ

बम विष्फोटन घटनामा संलग्न रहेको अभियोगमा योजनाकार खगेन्द्र खरेलसहित ४ जना पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २०, २०७८

सुनसरी । इटहरी उपमहानगरपालिका-२ स्थित बम विष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने २० वर्षीय रविन थापा, सोही ठाउँ बस्ने ३२ वर्षीया लक्ष्मी देवी थापा, लमजुङ ढोडेनी गाउँपालिका-७ बस्ने २३ वर्षीय शेरजंग गुरुङ र  झापा कन्काइ नगरपालिका(८ लक्ष्मीपुर बस्ने ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेका छन् । 

इटहरी उपमहानगरपालिका-२ डेरा गरी बस्ने लक्ष्मी थापाको कोठामा चैत १४ गते बम बिष्फोट हुँदा मानिस घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले शेरजंग गुरुङ र लक्ष्मी थापाको छोरा रविन थापालाई घाइते अवस्थामा फेला पारी उपचारको लागि अस्पताल पठाएको थियो । 

 घटनाको थप अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरान सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमध्ये रविन र शेरजंगलाई उपचार पश्चात, लक्ष्मी देवीलाई इटहरी उपमहानगरपालिका-२ बाट र घटनाका मुख्य योजनाकार खगेन्द्र खरेललाई झापा मेचीनगर नगरपालिका(६ स्थित नेपाल भारत सिमाना काकडभिट्टाबाट प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शिर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।