एकीकृत समाजवादी:काभ्रेको तामेल गाउँ पालिकामा पार्टी कार्यालय उद्घाटन

एकीकृत समाजवादी:काभ्रेको तामेल गाउँ पालिकामा पार्टी कार्यालय उद्घाटन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २०, २०७८

काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) काभ्रे जिल्ला तामेल गाउँपालिकाको भेला तथा पार्टी कार्यालय उद्घाटन  सम्पन्न भएको छ । 

 प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा काभ्रेका अध्यक्ष टोक ब वाइवाले नेकपा(एकीकृत समाजवादी) को गाउँपालिकाको कार्यालय उद्घाटन गर्दै  केपी ओलीको झुण्डलाई भोट हाल्नु भनेको गणतन्त्रलाई विघटन गर्नु भएको बताउनु भएको थियो । 

कार्यक्रममा  विशेष अतिथि केन्द्रीय सदस्य मुकुन्द गौतम विशेष अतिथि अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली अतिथि काभ्रेका पार्टी सचिव दीपक गौतम अतिथि अनेमसंघ काभ्रेका अध्यक्ष पासाङ डोल्मा लामा को उपस्थितिमा कार्यक्रम भएको  थियो । कार्यक्रममा  विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । 

 भेलाको अध्यक्षता प्रदीप लामाले गर्नु भएको थियो ।  शनिवार भएको कार्यक्रममा नारा जुलुस सहित तामेल बजार परिक्रमा गरेर भेला कार्यक्रममा परिणत भएको थियो ।