सूचना, सञ्चार र जानकारीको कसीमा : हिमालयन हाइड्रो एक्स्पो २०२२

सूचना, सञ्चार र जानकारीको कसीमा : हिमालयन हाइड्रो एक्स्पो २०२२

कुलचन्द्र सिलवाल  |  दृष्टिकोण  |  चैत्र २०, २०७८

  विश्व बैंक २०२१ को तथ्यांक अनुसार नेपालमा  ७९.४२ प्रतिशत जनसंख्या  ग्रामिण क्षेत्रमा बसोवास गर्दछन्  । यस क्षेत्रमा वसोवास गर्ने समुदायका लागि  नेपाली भान्सामा हालपनि खाना पकाउने उर्जाको स्रोत भनेकै दाउरा, गुइँठा र कृषि अवशेष नै हुन ।

 हाल नेपालमा विजुली  सोलार एलपी जी ग्याँस र वायो ग्यास जस्ता उर्जालाई आधुनिक सफा उर्जाको रुपमा लिइने गरिएको छ । नेपालले बार्षिक ३४ अर्ब रकम  एल पि जी ग्यासमा खाना पकाउन मात्रै खर्च गर्दछ ।

यत्रो ठूलो धनराशी खाना पकाउने ग्यासमा मात्रै खर्च हुने गरेको छ भने बार्षिक ५५ अर्ब भन्दा बढी चामल हामी स्वदेशमा आयात गर्ने गर्दछौं । सहरी क्षेत्र लगायत शहर वरिपरिका वस्ती र ग्रामिण पर्यटकिय स्थलहरूमा एल पी जी ग्याँसको खपतमात्र बढ्दै गएको छ ।  तर समय समयमा खाना पकाउने ग्याँसको सहज आपूर्ति हुन नसक्दा भने  सहरी क्षेत्रमा वसोवास गर्ने बासिन्दाहरूमा भने दैनिक जीवन कष्टकर बन्दै गएको अवस्था छ ।

हिमताल तलैयाबाट वहने देशका छ हजार भन्दा बढी नदी नालबाट देशमा ८३ हजार मेगा वाट विद्युत उत्पादन संभव भएको अध्ययनहरुले बताउने गरेका छन् । विश्वमा ब्राजिल पछिकै नेपाल दोस्रो ठूलो विद्युत उत्पादन (हाईडो उर्जा) उत्पादन गर्न सक्ने क्षमता भएको देश हो ।  

विश्वकै उत्कृष्ठ हावापानी, विविध प्रकारका वनस्पती, थरिथरिका फूल तथा जडिबुटी, प्राकृतिक विविधता, सांस्कृतिक विविधताको विश्वकै छाना हिमालय पर्वत क्षेत्रमा अवस्थित हाम्रो देश नेपाल प्रकृती स्रोत र साधनमा अपार प्रचुर संभावना बोकेको देश हो । विश्वको १४ वटा हिमाल जो आठ हजार मिटर भन्दा माथी मध्ये आठ वटा हिमाली श्रृखलाहरु यसै देश भित्र छ ।

शिव र पार्वतीको योग कर्मभूमि पवित्र स्थल,  बुद्धको जन्म भूमि,  शान्ती भूमी, सीता, भृकुटीको माइतीघर यो देशमा संसारका सबै प्रकारका प्राकृतिक, धार्मिक, सांस्कृतिक, विविधताको मुलुक भएर हामीले हाम्रा प्रकृती स्रोत र साधनलाई समुचित व्यवस्थापन र सही तरिकाले प्रयोग गर्न सकि रहेका छैनौं । प्राकृतिक स्रोत साधनमा सम्पन्न भएर पनि हामीले आयातित वस्तु उपभोगको संस्कृतिबाट हाम्रो दैनिक जीवन गुज्रँदै गएको र पर निर्भरता बढाउँदै गएका छौं ।

हाम्रो उत्पादन क्षमता हुँदा हुदै पनि हामी रोजगारीका लागि आश्रित बन्दै विप्रेषण रेमिट्यान्समा बढी पर निर्भर बनी आर्थिक उपार्जन गर्दै रहेका छौं जो दीर्घकालिन रुपमा  देश र राष्ट्रको लागि राम्रो हुदै होईन । हाम्रा युवा श्रम शक्तिहरु विदेश पलायन खाडी मुलको तातो ५० डिग्रीको घाममा उमेरको शक्ति उर्जा खर्च गरि घर परिवारको आर्थिक अवस्था धान्दै छौं भने बढ्दो रुपमा खाडी मुलुकबाट हामी डिजेल पेट्रोलियम पदार्थ खरिद गरि हाम्रा यातायात साधनहरुमा इन्धन उर्जा खपत गरिरहेका छौं ।

ठूला ठूला उद्योग धन्दाको विकास गरि, रोजगारीको बृद्धि गद स्वदेशमै उत्पादित  विजुली उर्जा को उपयोग र प्रयोग गरि देशको आर्थिक सामाजिक विकास टेवा पुर्याउन पर्ने आजको आवश्यकता हो ।  व्यापार घाटा र आयातको प्रतिस्थापन रोक्नका लागि देशको कुल ग्राहस्थ उत्पादन जि डि पी बढाउनका लागि पनि  सफा उर्जा तथा विद्युतीय यातायात,  विद्युतिय चुल्होहरूको उपयोग तथा दैनिक जीवनमा सस्तो, किफायती, समयको वचत तथा  स्वस्थ्य सफा, वातावरणमा जीवन यापन गर्न सकिने हुन्छ ।

रोवोटिक प्रतिस्पर्धाले  उर्जा क्षेत्रका लागि मानव जीवनको काममा समेत सहायता प्रदान गर्नेछ । एक्स्पो अवलोकनका लागि इच्छुक अवलोकन कर्तालाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिएको छ । 

निजी तवरबाट हाईड्रो पावरमा  निक्कै उत्साह जनक लगानीहरू बढ्दै गएको र सरकार, नीजि क्षेत्र तथा सहकारीका माध्यमबाट ग्रामिण क्षेत्रहरुमा लघु विद्युत परियोजना समुदायमा आधारित भै कार्यक्रमहरु संचालन भएका छन् । उज्यालो अभियानलाई देशमा सशक्त ढंगबाट  जलवायु परिवर्तन बारेको छलफल, संयुक्त राष्ट्रसंघ सन् २०३० सम्ममा उपलब्धी हासिल गर्न दिगो विकासका १७ लक्ष्यलाई हासिल गर्नका लागि समुदाय तथा घर परिवारबाटै  स्थानिय स्तरबाटै उर्जाको क्षेत्रमा कार्यक्रमहरु अभियान कै रुपमा लैजान आवश्यक छ ।       

नेपालको  संविधान २०७२ ले पनि समुदायको आधारभूत सेवा प्रवाहको जिम्मेवारी र अधिकार स्थनीय सरकारलाई सुम्पेको छ र यस्ता सेवाहरुमा खाना पकाउन प्रयोग हुने सफा उर्जा एक महत्वपूर्ण बनेको छ । नागरिकमा उर्जाको पहुँचका लागि स्थानीय सरकारहरुले धेरै किसिमका पहल कदमहरु गर्दै आएका छन् ।

जस भित्र मुख्यत  हाम्रो दैनिक जीवनमा विद्युतिय चुल्होको प्रवद्र्धन र वितरण, वायो ग्यास प्रवर्द्धन  र विकास, ग्यास चुल्होकोािलगी अनुदान, सुधारिएको चुल्हो प्रवर्द्धन तथा वितरण जस्ता कार्यहरु पर्दछन् ।  नेपालको ६० प्रतिशत भन्दा बढी उर्जा स्रोत अझै पनि बन पैदावार र कृषि अवशेषहरूमा आधारित रहेको पाईन्छ । खाना पकाउने उर्जा स्रोत र प्रविधिलाई आधुनिक र सफा बनाउँदा उपभोक्ता, समुदाय र राज्य समेतलाई फाईदा हुने छ ।

खास गरी सफा उर्जाको प्रयोगबाट हामीलाई जनस्वास्थ्यमा फाईदा, उर्जा खर्चमा कटौती, समयको बचत र घर भित्रको वातावरणमा सुधार भई देशको अर्थतन्त्रमा सहयोग पुग्ने र व्यापार घाटा कम गर्दछ  भने घर भित्रको वायु प्रदुषणको असर नरही स्वस्थ्य र सफा वातावरणको अवस्था सिर्जना हुन्छ  ।

हाल विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक बर्ष घर भित्रको वायु प्रदूषणका कारण २२ हजार मानिसको मृत्यु भईरहेको छ  आर्थिक सर्वेक्षण २०१७/१८ अनुसार नेपालमा अझै पनि खाना पकाउनका लागि करिव ७० प्रतिशत उर्जाको स्रोत बायो मास दाउरा जन्य रहेको छ ।  विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरिका करिब ३.८ करोड मानिसको मृत्युको कारण घर भित्रको वायु प्रदुषणले हुने गरेको छ । यसबाट निमोनिया,  क्रोनिक  अब्सट्र्क्टिभ  पल्मोनरी डिजिज, फोक्सोको क्यान्सर जस्ता घातक रोगहरु लाग्न सक्दछ ।

तसर्थ हाम्रो जीवनका लागि स्वस्थ्य, स्वच्छ स्वास फेर्न र स्वस्थ्य वातावरणको निर्माणका लागि सफा उर्जाको प्रयोग घरै देखि हुनु जरुरी छ । जब घर परिवारमा सफा उर्जाको प्रयोग हुन्छ तव हाम्रो समुदाय, समाज र देशकै आर्थिक उन्नती र प्रगती हुन सक्दछ । आधुनिक जीवन पद्धती र  प्रविधिको प्रयोगसँगै समय सापेक्ष परिवर्तनले नै मानिसको जीवनस्तर उकास्न सक्दछ यसमा विद्युतिय चुल्हो, विद्युतिय यन्त्रहरू तथा यातायातको प्रयोग हाम्रो जीवनमा उपयोगी बनाउनु पर्दछ  । 

यही चैत्र १९ गतेदेखि २१ गते, २०७८ सम्म तीन दिने  तेस्रो हिमालयन हाइड्रो एक्स्पो २०२२ (Himalayan Hydro Expo, 2022) काठमाण्डौंको भृकुटी मण्डपमा आयोजना हुने भएको छ । विगतमा  हिमालयन हाइड्रो एक्स्पोको दुई संस्करण सफलताका साथ सम्पन्न भइसकेको छ । विगतमा झै यस बर्ष पनि विभिन्न  सञ्चार माध्यमहरुले यस एक्स्पोलाई निक्कै  महत्वपूर्ण रुचिका साथ अवलोकन तथा सूचना संचार  जानकारी मूलक सन्देश प्रवाह गर्ने भएको छ  ।

यस क्षेत्रको उच्चतम प्रविधिका विविध विषयहरुमा केन्द्रीत भै, ज्ञानबर्दक  सन्देशहरू प्रचार प्रसार यस हिमालयन हाइड्र्रो को हुने भएको हो ।  एक्स्पो मेला अबधिभर आ–आफ्नो सञ्चार माध्यमबाट समाचार, सूचना तथा जानकारीहरु सम्प्रेषण गरेर एक्स्पोलाई भब्यता पूर्वक सफल बनाउन हातेमालो गरिदिई प्रचार प्रसारमा सहयोगका लागि  पूर्ण बिश्वास  आयोजकहरुले संचार माध्यमहरुमा गरेका छन् ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा तेस्रो संस्करणको हिमालय हाईड्र्रो  एक्स्पो २०२२ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले चैत्र १९ गते शनिवार दिउसो १२.१५ मा समुद्घाटन गर्नु भएको थियो। एक्स्पोको पहिलो दिन  चैत्र १९ गते शनिबार बिहान ७.०० बजे विद्युतीय सवारी साधनको र्‍यालीका आयोजना गरिएको थियो ।

यो हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भै जानकारी गराउनुले आयोजक तथा प्रायोजकमा  अत्यन्त खुसी  छाएको छ । वर्तमान सन्दर्भमा,  विद्युतको आन्तरिक बजारलाई प्रबद्र्धन गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई अभियानका रुपमा अघि बढाउन नेपाल सरकारले बिशेष नीति तथा कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।

पेट्रेलियम पदार्थ डिजेल पेट्रोल तथा ग्यासको मूल्यमा बृद्धिका भई उपभोक्ताले धान्नै नसक्ने गरि मूल्यबृद्धि र महंगी बढेको छ । देशमा किफायती स्वच्छ उर्जाको  सन्देश पर्बाह गर्ने उद्देश्यले आयोजना गरिएको र्‍याली काठमाडौंस्थित भृकुटीमण्डपबाट सुरु भएर नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ सम्म पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुनेछ । फर्पिङ जलविद्युत आयोजनामा र्‍यालीका सहभागीहरुलाई पर्यटनमन्त्री माननीय प्रेम आलेले स्वागत गर्नु भएको  थियो । 

हिमालयन हाईड्रो एक्स्पोका  मुख्य प्रायोजक एनएमबी बैंक लिमिटेड रहेको छ भने आइ एफसी लगायतका संघ, संस्थाहरुले प्रायोजन गरेका छन्  ।  एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर हुन । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल निर्माण व्यवसायी महासंघको एक्स्पोलाई सहयोग, समन्वय तथा सहजीकरण गरि कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सम्पन्न गरिने मूख्य आयोजकहरु बताउनु हुन्छ । यस तेस्रो हिमालयन हाईड्रो एक्स्पोको यस बर्षको मूख्य नारामा भने Creating Markets for Nepal's Hydropower भन्ने नाराका  रहेको छ ।

हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा बृद्धि गर्न, स्वदेशमा उत्पादित विजुली  बिदेशमा निर्यात गर्न बजारीकरणको विस्तार गर्नका लागि ठूलो ज्ञान र सूचना प्राप्त हुने छ भन्ने अपेक्षा आयोजकहरुले लिएका छन् । एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावर सम्वन्धी बिषयगत ६ वटा भन्दा बढी टेक्निकल सेसन सञ्चालन हुने छन्  ।  

देशमा विद्यमान हाईड्रो पावरको बारेमा विद्युत, उर्जासँग सम्वन्धित सरोकारवाला, विद्यार्थी वर्ग, विज्ञ, विषयगत प्राविधिक, योजना प्रमूख, नीति निर्माताहरू, सरकारी, नीजि व्यापार व्यवसायी उर्जा उद्यमीहरुसँग अन्तरक्रिया सन्चालन गरिने कार्यक्रम तय गरिएको छ । यस एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरु लगायत सय वटा भन्दा बढी  स्वदेशी तथा विदेशी स्टलहरु संचालन रहने भएको छ।

 एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने छ । हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणा बारे विद्यार्थी वर्गहरूमा एवं नीजि तवरबाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत गराइने भएको छ  । 

    हाइड्रो पावर क्षेत्रमा ड्रोनको आवश्यकता किन र के का लागि आवश्यक छ भन्ने वारेमा यसको   उपयोगिता के सरी हुन्छ र गर्न सकिन्छ भनी Drone Video Making Competition समेत आयोजना गरिने भएको जानकारी आयोजकहरुले बताएका छन् ।  यस पटकको एक्स्पोमा विशेष गरी ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रो पावरमा रोबोटर्सको भूमिका एक्स्पोको विशेष आकर्षण बन्ने हिमालयन हाईड्रो एक्सो सन् २०२२ आयोजकहरूको  बिश्वास रहेको छ ।

विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्शन गर्ने काममा उपयुक्त हुनेछन् ।   यस्ता रोवोटिक प्रतिस्पर्धाले  उर्जा क्षेत्रका लागि मानव जीवनको काममा समेत सहायता प्रदान गर्नेछ । एक्स्पो अवलोकनका लागि इच्छुक अवलोकन कर्तालाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिएको छ । 

 जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो सूचना, सञ्चार र जानकारीको  बृहत ज्ञानको केन्द्र बन्ने कुरामा दुईमत नहोला ।  यस्ता एक्सोहरुको आयोजनाहरुबाट  राष्ट्रको ऊर्जा विकासमा  निक्कै ठूलो टेवा पुर्‍याउने विश्वास तथा अपेक्षा गरिएको छ ।

एक्स.पो आयोजना गरिने तिनै दिन  एक्स्पो अबलोकन कर्ताहरू मध्ये १० जनालाई गोला प्रथाका माध्यमबाट विद्युतीय चुलो बितरण गरिने भएको आयोजकहरु बताउनु हुन्छ  । यस तेस्रो हिमालयन हाईड्रो   एक्स्पोमा ५० हजारभन्दा बढी व्यक्तिहरुले अवलोकन, तथा  ज्ञान आर्जन गर्ने छन् । नेपालको उर्जा क्षेत्रको विकास तथा स्वच्छ स्वस्थ्य जीवन यापनका लागि यस्ता  एक्स्पोहरूले उर्जा प्रदान गरि नेपाली जीवनशैली र परिवर्तनका संवाहक बन्न सक्ने कुरामा दुई मत नहोला ।
 अस्तु ।