जुम्लाका युवा र विद्यार्थी बजार सरसफाइमा जुटे

जुम्लाका युवा र विद्यार्थी बजार सरसफाइमा जुटे

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र २१, २०७८

जुम्ला । जुम्लाका युवा र विद्यार्थी बजार सरसफाइमा जुटेका छन् । दिनप्रतिदिन बजारमा फाेहोर थुप्रिँदै गएपछि विद्यार्थी र युवा  सरसफाइमा जुटेका हुन् । मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न एसिया इन्टरनेसनल बाेडिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ युवा क्लबका युवा जुटेका हुन् । 

सरसफाइ अभियानलाई प्रभावकारी बनाउन चन्दननाथ नगरपालिकाले साथ दिएको छ भने, प्राविधिक सहयोग खानेपानी तथा उर्जा विकास शाखाले गरेको छ ।

चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने महत र प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापा पनि सरसफाइमा साथ दिन सडकमा निस्किएका थिए ।

चन्दननाथ युवा क्लबका अध्यक्ष मनोज बुढाथोकी मगरले हरेक शनिबार सरसफाइ अभियान थालिएकाे बताए । 

खानेपानी तथा सिंचाइ कार्यालयले ८० वटा डस्टबिन उपलब्ध गराएकाे छ ।