पाँचथर उद्योग वाणिज्य संघमा  घिमिरे

पाँचथर उद्योग वाणिज्य संघमा  घिमिरे

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २१, २०७८

पाँचथर। पाँचथर उद्योग वाणिज्य संघ को अधिवेशनबाट  एमाले निकट व्यवसायी नवराज घिमिरे निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी काँग्रेस निकट नरेन्द्र प्रसाद अधिकारीलाई ७९ मतले पछि पार्दै घिमिरे निर्वाचित बनेका हुन् ।

उपाध्यक्षमा बसन्त रिजाल, कुमारी मिश्र, मिलन गिरि र सोम कुमार थापा निर्वाचित भएका छन् ।

महासचिवमा  उमेश अधिकारी , सचिवमा विकास थापा र कोषाध्यक्ष चन्द्र प्रसाद डाँगी निर्वाचित भएका छन् । सत्तारुढ दललाई झड्का लागेको छ ।

अध्यक्ष पदमा सत्तारुढ गठबन्धनका नरेन्द्र अधिकारी पराजित भएका छन् । १२ औँ अधिवेशनबाट अध्यक्षमा नवराज घिमिरे विजयी भएका छन् । घिमिरे ७९ मतले विजयी भए । घिमिरेले ६५२ मत प्राप्त गरेका छन् भने अधिकारीले  ५७३ मत प्राप्त गरेका छन् ।

अधिकारी सत्ता गठबन्धनबाट काग्रेसका उम्मेदवार हुन् ।काग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र संघिय समाजवादी बिच गठबन्धन थियो ।घिमिरे नेकपा (एमाले) का हुन् । एमाले र राप्रपाको गठबन्धन थियो । स्थापनादेखि पहिलो पल्ट पाँचथर उद्योग वाणिज्य संघको नेतृत्व कांग्रेसले गुमाएको हो ।