रमेश सिलवालको मुद्दा सिन्हा र रेग्मीले सुनुवाइ गर्ने

रमेश सिलवालको मुद्दा सिन्हा र रेग्मीले सुनुवाइ गर्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २२, २०७८

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ । 

१५ चैतमा न्यायाधीशहरू हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सिलवालको कार्यसम्पादन फाइन मगाउन सरकारको नाममा आदेश दिएको थियो । 

सिलवाललाई १ कात्तिकमा सरकारले कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै सदस्य सचिव पदबाट बर्खास्त गरेको थियो । बर्खास्तपछि गत १३ मंसिरमा टंकलाल घिसिङलाई राखेपको नयाँ सदस्य सचिवमा नियुक्त गरेको थियो । 

सिलवालले रिटमार्फत सदस्य सचिवमा घिसिङको नियुक्ति बदर गर्न र आफूलाई पुनः बहाली गर्न माग गरेका छन् ।