नासा नेपाल र संचारिका समूह: सुरक्षित हेलमेट सम्बन्धि ३० जना सञ्चारकर्मीसँग अन्तरक्रिया

नासा नेपाल र संचारिका समूह: सुरक्षित हेलमेट सम्बन्धि ३० जना सञ्चारकर्मीसँग अन्तरक्रिया

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७८

काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र संचारिका समूहको नवनिर्वाचित कार्यसमितिको संयूक्त आयोजनामा सुरक्षित हेलमेट सम्बन्धि अन्तरक्रिया आज काठमाडौंमा सम्पन्न भयो ।

देशमा दैनिक रुपमा सवारी दुर्घटना बढिरहेको परिप्रेक्षमा सो कार्यक्रममा संचारिका समूहको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु सहित ३० जना संचारकर्मिहरुको उपस्थिति रहेको थियो जसले सडक सुरक्षा अभियानमा आफ्नो प्रतिवद्दता समेत जनाउनुभयो । कार्यक्रममा नासा नेपालका प्रमुख सल्लाहकार गोविन्द भट्टराईले संचारिका समूहका नव–निर्वाचित टिमलाई वधाई दिँदै नेपालमा Two Wheel Safety वारेको प्रस्तुति दिनुभएको थियो ।

त्यसैगरि समूहकी अध्यक्ष विमला तुम्खेवाले संचारकर्मी संचारिका समूह तथा नेपालको सेफर मोविलीटीका बारेमा आफ्नो धारणा राख्नुभएको थियो भने समुहकी महासचिव बसन्ती बास्तोलाले सो कार्यक्रमको समन्वय गर्नुभएको थियो ।

नासा नेपाल, एफ.आइ.ए र ग्लोवल एलायन्स जस्ता संघसंस्थाहरु राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रको सडक सुरक्षाको क्षेत्रमा सक्रिय भैरहेको अवस्थामा अब नेपाली संचारकर्मी समेत सकृय रहने प्रतिवद्धता समेत व्यक्त गरिएको उक्त कार्यक्रममा सेफ्टी हेल्मेटको डेमो प्रस्तुती र वितरण समेत गरिएको थियो ।

कार्यक्रममा FIA Safe and Affordable Helmet  अभियान, हेल्मेटको गुणस्तर र पछाडी बस्नेको लागी हेलमेटको आवश्यकता बारे प्रस्तुती गरिएको थियो । सो कार्यक्रममा नासा नेपालका सचिव तथा सञ्चारिका समूहकी उपाध्यक्ष लगायतको समेत सहभागिता रहेको थियो ।