सुनको मूल्य ९९ हजार रुपैयाँ

सुनको मूल्य ९९ हजार रुपैयाँ

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २४, २०७८

सुनको भाउ बिहीबार ५०० रुपैयाँले बढेको छ ।  नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । 

यसअघि मंगलबार सुन तोलाको ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ भने १ रुपैयाँले घटेको छ । बुधबार १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ३३४ रुपैयाँ निर्धारण भएको छ ।