एनआरएनए एनसिसी अमेरिका विस्कान्सन च्याप्टरको अध्यक्षमा रेग्मी, सचिवमा फुलारा

एनआरएनए एनसिसी अमेरिका विस्कान्सन च्याप्टरको अध्यक्षमा रेग्मी, सचिवमा फुलारा

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ ६, २०७६

अमेरिका । गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) अमेरिकाको विस्कान्सन च्याप्टरको अध्यक्षमा टुकप्रसाद रेग्मी निर्वाचित भएका छन् ।

आइतबार सार्वजनिक गरिएको मत परिणाम अनुसार रेग्मी ११७ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी विष्णुप्रसाद अधिकारी ६९ मत प्राप्त गरे ।

संघको उपाध्यक्षमा दीपक थापा, सचिवमा गोविन्द फुलारा र कोषाध्यक्षमा हरिबहादुर अधिकारी निर्विरोध निर्वाचित भए । महिला कोर्डिनेटरमा संगीता अधिकारी वाग्ले तथा सदस्यहरूमा लेखनाथ तिमिल्सेना, ठन्डराज तिमिल्सेना र मदन श्रेष्ठ निर्विरोध चुनिए ।

यस्तै, एनसिसीको केन्द्रीय सदस्यमा वासुदेव अधिकारी र तिलकबहादुर केसी तथा मध्यपश्चिम क्षेत्रको उपाध्यक्षमा बुद्धिसागर सुवेदी निर्वाचित भए ।

दुई वर्षीय कार्यकालका लागि मे १८ र १९ मा चुनाव भएको थियो ।