काठमाडौँ यूथ कनक्लेभको इन्टरनेट पार्टनरमा डिशहोम  फाइबरनेट

काठमाडौँ यूथ कनक्लेभको इन्टरनेट पार्टनरमा डिशहोम  फाइबरनेट

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७८

काठमाडौँ । आगामी चैत २६ मा  हुने काठमाडौँ यूथ कनक्लेभ  इन्टरनेट पार्टनरमा  डिशहोम  फाइबर नेट हुने भएको छ ।

 डिशहोम फाइबर नेट इन्टरनेट पार्टनर रहेको यो कार्यक्रममा युवाहरूलाई उत्साहित र अभिप्रेरित गर्ने उद्देश्यले आयोजना हुन लागिरहेको  जनाइएकाे छ । 

युनिभर्सल कलेज, न्यु समिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौँ मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा काठमाडौँको प्रज्ञा भवनमा यूथ कनक्लेभ हुन लागेको हो ।