मन्त्रिपरिषद् निर्णय : २० देशका लागि राजदूत नियुक्ति सिफारिस (नामसहित)

मन्त्रिपरिषद् निर्णय : २० देशका लागि राजदूत नियुक्ति सिफारिस (नामसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७८

काठमाडौं  ।सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्तिको  सिफारिस  गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।

मन्त्रिपरिषदका एक सदस्यका अनुसार राजनीतिक दलबाट विष्णुपुकार श्रेष्ठ (चीन),  दानबहादुर तामाङ (दक्षिण अफ्रिका),  शर्मिला पराजुली ढकाल (स्पेन),  बासुदेव मिश्र (श्रीलंका),  मिलन तुलाधर ( रुस),  कैलाश पोखरेल (अस्ट्रेलिया),  डिल्लीराज पौडेल (मलेसिया), शान्ता रिजाल (इजरायल), ज्योति प्याकुरेल (दक्षिण कोरिया),  प्रा.डा रामसुरज राय यादब (डेनमार्क),  नवराज सुवेदी (साउदी अरब)  र नरेश विक्रम ढकाल राजदूत नियुक्त गर्ने निर्णय भएकाे छ । 

परराष्ट्र समूहबाट पनि राजदूत सिफारिस हुनेहरुमा  घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तिर्थराज वाग्ले,  डोरनाथ अर्याल (ओमान),  सुशिलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी (जापान) नियुक्तिको सिफारिस भएकाे बताइएको छ ।