अन्तत:  सरकार आफैंले बनाउने ! बूढीगण्डकी चिनियाँ कम्पनी गेजुवालाई नदिने निर्णय

अन्तत:  सरकार आफैंले बनाउने ! बूढीगण्डकी चिनियाँ कम्पनी गेजुवालाई नदिने निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७८

काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ । 

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाईना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा) लाई निकालेर आयोजना सरकारले आफैंले बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा पनि बुढी गण्डकीबाट गेजुवालाई निकालेको थियो । पछि केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि आयोजना गेजुवालाई दिने निर्णय गरेको थियो ।