वडा अध्यक्ष राईद्वारा विद्यार्थीलाई पोसाक वितरण

वडा अध्यक्ष राईद्वारा विद्यार्थीलाई पोसाक वितरण

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ ६, २०७६

मोरङ । सुन्दरहरैँचा नगरपालिका नगरकार्यपालिका सदस्य एवम् कवि तथा कलाकार भक्तकिरण राईले सुन्दरहरँैचा–५ मा सञ्चालित श्रीलाल आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नै खर्चमा विद्यालय पोसाक वितरण गर्नुभएको छ । 

 विद्यालयमा अध्ययनरत ९५ जना विद्यार्थीलाई राईले पोसाक वितरण गर्नुभएको हो । विद्यार्थीहरू नियमित रूपमा विद्यालय आऊन् र विद्यार्थी भर्ना सङ्ख्या बढ्न मद्दत पुगोस् भन्ने उद्देश्यले पोसाक वितरण गरिएको जानकारी दिनुभएको छ । 

कविता लेखन, गीत तथा सङ्गीतमा साधनारत समाजसेवी समेत रहेका राईले नगर कार्यपालिकाको बैठक बसेबापत् आफूले पाउने भत्ता जोहो गरेर  यस्तै सामाजिक कार्यमा खर्च  गरेको जानकारी दिनु भएको छ ।  उनले  टिनको छानो भएको उक्त एकतले विद्यालयका विद्यार्थीहरूलाई गर्मी र जाडोको मौसममा पनि सहज ढङ्गले पठन–पाठनमा सघाऊ पुगोस् भन्ने उद्देश्यले विद्यालयमा सिलिङ लगाइदिने आश्वासन पनि राईले दिएका छन ।  

गत वर्ष ७३ जना मात्रै विद्यार्थी रहेको उक्त विद्यालयमा चालु वर्ष ९५ जना विद्यार्थी पुगेका छन । मनकारी दाताहरूको सहयोगकै कारण यसै वर्षदेखि अङ्गे्रजी माध्यमबाटसमेत पठन–पाठन सुरु गरिएको विद्यालयका प्रध्यानाध्यापक राजु गौतमले जनाकारी दिनुभएको छ । दाताहरूबाट यसरी नै सहयोग बढ्दै गएमा विद्यालयले अपेक्षाकृत उपलब्धि हासिल गर्दै जाने गौतमको ठहर छ ।