सुनको मूल्य ९९ हजार ५०० रुपैयाँ

सुनको मूल्य ९९ हजार ५०० रुपैयाँ

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २५, २०७८

सुनको भाउ शुक्रबार ५०० रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि बिहीबार सुन तोलाको ९९ हजार रुपैयाँमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ ।  
चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ । बिहीबार १ हजार ३३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३५५ रुपैयाँ निर्धारण भएको छ ।