इञ्जिनियर्स एसोसिएसनमा लामिछाने

इञ्जिनियर्स एसोसिएसनमा लामिछाने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७८

प्रोग्रेसिभ इञ्जिनियर्स एसोसिएसन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा. सुरज लामिछानेको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा अमनकुमार मास्के, दुजेन्द्र बस्नेत, देउकाजी गुरुङ, डा. एसपी पराजुली, शिभम पुरी र  सञ्जिव रोकाहा, महासचिवमा डा. भेषराज थापा, उपमहासचिवमा टेकराज सुवेदी र सौम्य भट्ट, सचिवमा प्रकाश जीसी, राजन थापा, ध्रुवराज भट्टराई, अदता रेग्मी, सुमन न्यौपाने, नरेश खड्का र कोषाध्यक्षमा तेजप्रसाद धमला चयन भएका छन् ।

अध्यक्ष लामिछानेलाई निवर्तमान अध्यक्ष शम्भुबहादुर श्रेष्ठले पदभार हस्तान्तरण गरे । अधिवेशनको उद्घाटन यही २२ चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।