तानासाहको भविष्यवाणी: नियति र कर्मको नयाँ व्याख्या !

फर्कलान् र ती दिनहरु

तानासाहको भविष्यवाणी:  नियति र कर्मको नयाँ व्याख्या !

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  चैत्र २६, २०७८

समयलाई कसरी परिभाषित गर्ने ? समय के हो ? के समय आफैँमा परिवर्तनको वाहक हो ? या परिवर्तन आफैँ समाज र पात्रहरु खोज्दै आइपुग्छ होला त हामी समक्ष ? हामीलाई समयले परिवर्तन गरिरहेको हो कि हामीले समयलाई परिवर्तन गरिरहेका छौँ ? तर पनि हामी त्यही समयलाई मौन रुपमा रहेको साक्षीको रुपमा त्यही नदेखिने तर सधैँ साथै रहेको समयलाई नै मान्छौँ । भारतीय दूर दर्शनले देखाएको महाभारत नामक टेलिसिरियलमा समय बोलिरहेको देखाइएको थियो अदृश्य रुपमा । अर्थात् सबै कुराको साक्षी त समय नै हो रहेछ पक्कै नै । 

भन्छन् नि, हामीले अरुलाई कतिपय कुरा नभनेर,  गोप्य राखेर बस्छौँ तर आफूलाई त थाहा हुन्छ नि, कति  कुरा सही भनियो या भनिएन । या भन्नै नहुने भनेर आफैँमा गुम्स्याएर राखिएको हुन्छ । एउटा नैतिक कथा यस्तो रहेछ-एउटा मुकुन्द भन्ने केटो विद्यालयमा जान्थ्यो ।

एकदिन गुरुले प्रसङ्ग वश भन्नु भएछ, हेर हामीले जे गरे पनि माथि रहेका भगवानले देखिरहेका हुन्छन् किनभने भगवानले जहाँ पनि देख्छन्, उनलाई न अँध्यारो हुन्छ, न कतै लुकेको कुराले अप्ठ्यारो पार्छ,  कुनै पनि खराब काम गरेमा भगवानले देखिरहेका हुन्छन् र नराम्रो काम गर्नेलाई भगवानले यथोचित दण्ड दिन्छन् ।

अरुले देखेको छैन भनेर अपराध छोपिँदैन, भगवानसँग कुनै पनि गोप्य रहँदैन । सामान्यतः धार्मिक भावना हुने मानिसहरुले भन्ने पनि यही हो, मान्ने पनि यही हो । गुरुको भनाइले त्यो बालकलाई छोएको थियो । ऊ त खराब काम गर्दैनथ्यो तर उसका बाबु लालु चाहिँ चोर चार गर्ने, कहिले कतैबाट गाई चोरेर ल्याउने, कहिले कसैको मकै चोरेर ल्याउने , कसैको भाँडाकुँडा चोरेर घरमा ल्याउँथे । आँप पाक्ने बेला थियो, अरुका बगैँचामा आँप लटरम्म फलेका थिए तर लालुको आफ्नो बगैँचा पनि थिएन, आँपका बोटहरु पनि थिएनन् । तर लालुको आफ्नो बानी अनुसार एकदिन राती छोरालाई बोरा बोक्न लगाई आँप चोर्न भनेर हिँड्न थाल्यो ।

छोरालाई बाले कता लिएर हिँड्न थालेका हुन् थाहा थिएन तर बाबुको आदेश अनुसार पछिपछि लागेर हिँड्दै थियो । जब बाबुले एउटा लटरम्म आँप फलेको र पाकेका आँप पनि भएको रुखको छेउमा पुगेर बाबु रुख चढ्न लाग्दै भन्यो-छोरा मुकुन्द, म आज तिमीहरुलाई पाकेको आँप खुवाउन लागेको छु, म रुखमा चढ्छु , पाकेको आँप झार्छु, हाँगा हल्लाउँछु , झरेका आँपहरू तैँले टिपेर बोरामा राख्नु अनि म झर्छु, आँप लिएर घरमा जाउँला र पाकेका आँपहरू मज्जाले खाउँला ।

वास्तवमा मुकुन्दलाई यस्तो कुरा पहिलेदेखि नै मन त पर्दैन थियो तर बाबुको अगाडि ऊ बोल्न सक्दैनथ्यो । बाबुले त्यति भनेर छोरालाई एउटा सिट्ठी दिएर भने कि छोरा कोही आएमा, यही बगैँचा धनी नै आएको बेलामा तैँले जोड जोडसँग सिट्ठी बजाउनु अनि म झर्नेछु र भागौँला आँप लिएर । छोराले सिट्ठी लियो । अनि उसले गुरुले भनेको कथा सम्झियो, भगवानले त जता पनि देखेका हुन्छन्, उनले रातमा पनि देख्छन् , अन्धकारमा पनि देख्छन्, बन्द कोठामा पनि देख्छन् किनभने उनी सर्वव्यापी छन् ।

नभन्दै करिब ३ वर्षपछि त्यो अनुमान भनौँ कि मानव अधिकारवादीहरुले देखेको भविष्य सही भएको छ । यसको अर्थ समयलाई त देख्न पनि सकिने रहेछ पहिले नै । उनीहरुले मिश्रको समस्या देखाएका थिए, एसियाका अन्य देशहरुको पनि अवस्था देखाएका थिए तर रुसी फेडरेसन अनि त्यहाँका राष्ट्रपति पुटिनप्रति बढी नै आशंका व्यक्त गरिएको थियो ।

बाबुले आँप झार्न थाल्दै थियो, मुकुन्दले जोड जोडसँग सिट्ठी बजाउँदै भाग्न थाल्यो । बाबु हतार हतार रुखबाट ओर्लिएर दर फराउँदै र छोराको पछिपछि भाग्न थाले । अलि पर पुगेपछि छोरालाई भेटे र सोधे, कसले देख्यो बाबु, जग्गा धनी नै आई पुगेको थियो कि अरु बाटो हिँड्ने ? तँलाई त चिनेन नि ? अलि अलि झरेका आँप पनि नटिपी भागिछस् बोरा बोकेर ।

अनि स्याँस्याँ भएका बाबु छोराहरु एकछिन आराम गरेपछि छोराले भन्यो- बा हामीलाई भगवानले देखिरहेका थिए, त्यसैले मैले सिट्ठी बजाउँदै भागेको हुँ किनभने उनको दण्डबाट त कोही पनि बच्न सक्दैन रे त ! उनी पानीमा पनि हुन्छन् रे !, पहाडको टाकुरामा पनि हुन्छन् रे !, अँध्यारोमा पनि देख्छन् रे !, उनीबाट कोही पनि नदेखिने नै हुँदैन रे भनेर गुरुले भनेको सुनेको थिएँ अनि म त भागेँ, किनभने बा तपाईँ रुखका भएको पनि भगवानले देखेका थिए, म बोरा लिएर तल आँप टिप्न बसेको पनि भगवानले देखेका थिए , त्यसैले मलाई यो काम मन परेन, अनि भागेको हुँ बा । बल्ल लालुको घैटोमा घाम लाग्यो र फेरि कहिल्यै पनि चोरी गर्ने , ठग्ने गरेन । 

हुन त यो एउटा नैतिक शिक्षाको उदाहरणमात्र हो तर पनि समय भनेको यस्तो शिक्षाको आवश्यकता महसुस गरेर, गराएर समाजलाई परिवर्तन गराउने पनि हो । समय पनि मानिसको नेतृत्वको पछिपछि लाग्दोरहेछ कहिले, कहिले मानिस समयको पछि लाग्दो रहेछ भन्ने देखिन्छ । कसरी चाहेको कुरा, भित्रै मनबाट प्रतिबद्धता व्यक्त गरेको कुरा पनि पूरा हुन नसक्ने किन होला ?

आजको प्रौढ समाजले हिजोका दिनमा कतिपय कुरामा आफैँभित्र सपना देखेको थियो त कतिपय कुरा तिनै काल्पनिक आदर्श समाजको सपना देखाइएको थियो किनभने त्यो बेलामा सपना देख्न पनि प्रतिबन्ध थियो र देखेको सपनालाई त व्यक्त गर्न प्रतिबन्ध मात्र होइन, उसले जेलनेल खप्नुपर्थ्यो, कालकोठरीमा बस्नुपर्थ्यो । कतिले सपनालाई आफैँसँग कुहाएर जेलभित्रै मर्नुपरेको थियो, कतिलाई सपना देखेको भनेर फाँसी दिइयो र कतिको सपना देख्नै नसक्ने गरी आत्मबल गिराइयो । तर पनि कतिले त्यो विषादमा आफूलाई तुफानमा बलेको बत्ती जोगिए झैँ जोगिएर आजको प्रजातन्त्रको परिवेश बनेको हो । तर जुन परिवेश बन्यो, के त्यसप्रति चित्त बुझाउने ठाउँ छ ? 

छैन । समयले किन यस्तो परिवेश उत्पन्न गरेको होला या हामीले नै समयलाई नचिनेर किन आफैँ नै जान्ने बनेका हौंला ? समयलाई हामीले बनाउने हो कि समयले हामीलाई बनाउने हो ? अझै नियतिको दास हुने कि नियतिलाई आफ्ना कर्मले दास बनाउने ? सायद महाभारतभित्रको भीष्म पर्वमा तत्कालीन महा मानवका जसलाई  तारणहार अवतारको रुपमा लिइन्थ्यो,  श्रीकृष्णले विषादमा रहेका अर्जुनलाई दिएको ज्ञानलाई आज संसारभर नयाँ तरिकाले व्याख्या गर्न थालिएको छ र त्यो दर्शनको अनेक कोणबाट व्याख्या गरिन्छ ।

त्यसैमा एकातिर कर्मलाई नियति बदल्ने मुख्य प्रयोग धर्मी औजार मानिएको छ भने अर्कोतिर समयभन्दा पहिले पनि केही नहुने, समय भन्दा पछि त झन केही  हुने कुरै भएन अनि जे हुनु छ भएरै छोड्छ चाहे जे भए पनि । यसरी समयको खण्ड खण्ड व्याख्या गरिएको छ र जे हुनुछ त्यो भएरै छाड्छ, जे नहुनु छ ,त्यो कुनै पनि हालतमा हुँदैन । आखिर यो दर्शनले आज व्यापकता पाएको छ र पूर्वीय सभ्यताको आधारशिला भनेर नियति र कर्मलाई एउटै पाटोमा राखेर हेरिएको छ । 

समयको अनुमान यसरी पनि गरिँदो रहेछ , अहिले म त छक्क परेको छु एउटा  घटनाबाट । म एउटा कार्यक्रममा अचानक पुगेँ नर्वेको राजधानी ओस्लोमा । हुन त त्यो कुनै योजनाबद्ध कार्यक्रम पनि थिएन, मलाई निम्तो भएर गएको पनि थिइँन तर समयले जुरायो । थियो भेला ओस्लो फ्रिडम फोरमको र विश्वका मानव अधिकारवादी संस्था र प्रजातन्त्रका लागि दुःख पाएका, अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नुपर्छ भन्दा आफ्ना देशबाट निकालिनु परेका, जेलमा कोचिन परेका, अरु त अरु, महिलाले गाडी चलाउन पाउनु पर्छ भन्दा पनि देश निकाला हुनुपरेका, देशमा प्रजातन्त्र चाहिन्छ, अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्दा पनि देश निकाला हुनुपरेका व्यक्तित्व तथा प्रजातन्त्रका पक्षमा बोल्ने संस्थाहरुलाई जम्मा गरे भावी तानाशाहको भविष्यवाणी गर्ने भेला रहेछ ।

त्यो भेलामा मानव अधिकारका लागि चेक रिपब्लिकनका पूर्व राष्ट्रपति भास्लाव  हाबेल पुरस्कार वितरण गर्ने कार्यक्रममा मेरो सहभागिता थियो अचानक किनभने मैले ओस्लो फ्रिडम फोरमका आयोजकहरूसँग आफू नेपालको फ्रिडम फोरमको अध्यक्ष र स्वतन्त्र पत्रकार समेत भएको भनेर भनेपछि मलाई सहर्ष सहभागिताको लागि आमन्त्रण गरियो पुरस्कार समारोहमा ।

त्यहाँ एउटा यस्तो नारा लेखिएको थियो- तानासाहविरुद्धको ऐक्यबद्धता । तानासाह कानुनभन्दा माथि हुन खोज्छन् तर कानुनभन्दा माथि कोही हुँदैन, अर्थात् मानव अधिकारभन्दा ठुलो अधिकार केही हुँदैन । अनि त्यहाँ एउटै कुरामा जोड दिइएको पाइन्थ्यो, भ्लादिमिर पुटिन अहिलेका लागि विश्व शान्तिको बाधक हुन्, उनले कुनै पनि बेला पूर्व सोभियत संघका राज्यहरू जुन अहिले स्वतन्त्र राज्यका रुपमा संगठित छन् ।

नभन्दै करिब ३ वर्षपछि त्यो अनुमान भनौँ कि मानव अधिकारवादीहरुले देखेको भविष्य सही भएको छ । यसको अर्थ समयलाई त देख्न पनि सकिने रहेछ पहिले नै । उनीहरुले मिश्रको समस्या देखाएका थिए, एसियाका अन्य देशहरुको पनि अवस्था देखाएका थिए तर रुसी फेडरेसन अनि त्यहाँका राष्ट्रपति पुटिनप्रति बढी नै आशंका व्यक्त गरिएको थियो । आज त्यो सही भएको छ किनभने सानो देश, जुन सोभियत संघबाट स्वतन्त्र भएर सार्वभौम सत्ता सम्पन्न मुलुकको रुपमा विकसित हुँदै थियो ।

निहत्था आम जनतामाथि अत्याधुनिक हतियारद्वारा आक्रमण गरिएको छ युक्रेन माथि । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्-हाम्रो के दोष छ ?  हाम्रा जनताको के दोष थियो र हामीमाथि यस्तो निर्मम र अमानुषिक हमला गरेर हत्या, अंगभंग र मुलुकलाई तहस नहस पारेको होला रुसले ? 

मलाई लाग्यो,  समयलाई सपनाले पनि पछ्याउनु पर्नेरहेछ, सपनालाई पूरा गर्न समयसँग भिडन्त पनि गर्नुपर्ने रहेछ  जस्तो कि जेलेन्स्कीले अहिले एक्लै लडिरहेका छन्  र भोलि के हुने हो थाहा छैन जस्तो भनिएको छ नि, लेखेको भन्दा न त कम पाइन्छ, न त बढी नै पाइन्छ । तर लेख्नेलाई पनि आफूले लेखेको परिवर्तन गराउने पनि मानिसले नै हो । क्रमशः