डा‍. खगराज बराल: ‘श्रमिक बरालका फुटकर रचनाहरू’ बजारमा

डा‍. खगराज बराल: ‘श्रमिक बरालका फुटकर रचनाहरू’ बजारमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र २६, २०७८

काठमाडौँ ।  साहित्यमा निरन्तर कलम चलाइरहने श्रमिक बराल अर्थात डा‍. खगराज बरालको फुटकर रचनाहरूको सङ्ग्रह  ‘श्रमिक बरालका फुटकर रचनाहरू’ बजारमा ल्याइएको छ ।

भुँडी पुराण प्रकाशनले बजारमा ल्याएको यस सङ्ग्रहमा साहित्यका तीन विधा कथा, लघुकथा र कवितालाई कथा खण्ड, लघुकथा खण्ड र कविता खण्डमा विभाजन गरिएको छ ।

यस सङ्ग्रहभित्र दुई ओटा कथा, पन्ध्र ओटा लघुकथा र एघार ओटा कविता समेटिएका छन् । श्रमिक बरालले पचासका दशकमा रचना गरेका यी कथा, लघुकथा र कविताहरू तत्कालीन समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका थिए । पचासको दशकमा लेखिएका यी कथा, लघुकथा र कविताहरूमा तत्कालीन समयप्रति असन्तुष्टि, सामाजिक तथा राजनीतिक विकृतिप्रति व्यङ्ग्य र सुधारका लागि युगचेतना मुखरित भएका छन् ।

यी तीन विधाका रचनामा पर्याप्त युग चेतना देखिन्छ । विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका कथा, कविता र लघुकथालाई सङ्कलन गरी एउटै पुस्तकमा सङ्ग्रहीत गरी भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको छ । बराल रचना पढ्न चाहने पाठकहरूका लागि प्रकाशकले एउटै पुस्तकका रूपमा उपलब्ध गराएको छ ।

कुल ७६ पृष्ठको यो पुस्तकको मूल्य एक सय बिस रुपैयाँ रहेको छ ।