टाइफाइड अर्थात् म्यादे ज्वरो : खोप अभियानका साथमा पालना गर्नु पर्ने सावधानीहरू

सन्दर्भ: २४ दिने खोप अभियान

टाइफाइड अर्थात् म्यादे ज्वरो : खोप अभियानका साथमा पालना गर्नु पर्ने सावधानीहरू

अंशु भूसाल  |  साहित्य  |  चैत्र २७, २०७८

टाइफाइड वा म्यादे ज्वरोका कारण हुने क्षति कम गर्न नेपाल सरकारले टाइफाइड विरुद्धको राष्ट्रव्यापी खोप अभियान सञ्चालन गरिरहेको छ ।औपचारिक रुपमा प्रधानमन्त्रीबाट शुभारम्भ गरिएको यो अभियान वैशाख १८ गतेसम्म जारी रहने छ ।

१५ महिनादेखि १५ वर्षका बालबालिकालाई एक मात्रा मात्र दिइने यो खोप, यस अभियान पछि राष्ट्रिय खोप अभियान अन्तर्गत नै दादुरा रुबेला विरुद्धको राष्ट्रव्यापी खोप अभियान सँग सँगै सञ्चालनमा ल्याइने छ । नेपाल,  दक्षिण एसिया मै टाइफाइडको  विरुद्धको राष्ट्रव्यापी खोप अभियान सञ्चालन गर्ने पहिलो देश हो ।  

खान खाँदा हात मार्फत मुखमा दिसाको कण परेको खण्डमा टाइफाइड हुने भएकाले जोगीनका लागि नियमित साबुन पानीले हात धुन र सरसफाइमा विशेष ख्याल गर्नुपर्दछ ।  नेपालको स्वास्थ्य सेवा विभागको आ.व. २०७६/७७ को अनुसार अस्पताल भर्ना हुने रोग मध्ये सातौँ रोग बनेको म्यादे ज्वरोबाट ९४९२ जना संक्रमित थिए । दुषित पानीको कारण स्वास्थ्य सेवा लिने बिरामीहरु मध्ये टाइफाइड बिरामीहरु धेरै थिए ।  

टाइफाइड रोग सालमोलेना  टाइफि र प्याराटाइफी नामक ब्याक्टेरियाको कारणले हुने अनुसन्धानहरुले देखाएका छन् । । सबै उमेर समुहमा लाग्ने यो रोग, विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा भने संक्रमण दर बढ्दो रहेको पाइको छ ।

टाइफाइड विरुद्धको गठबन्धन/कोएलिसन  एघेन्स्ट टाइफाइड (२०१९) का अनुसार नेपालका ६०५ बिरामी १५ वर्षभन्दा कम उमेरका थिए ।  यो रोग महिलालाई भन्दा पुरुषलाई बढी लाग्दछ । ढल वा संक्रमित रोगीको दिसा पिसाबमा पाइने यो रोगका जीवाणु दुषित पानी वा खानाको माध्यमबाट मानिस काे शरीरमा सर्ने गर्दछ ।  शरीरमा प्रवेश गरेको १०/१४ दिन  लक्षण देखिन  थाल्ने गर्छ  ।  
देखिने लक्षणहरु  

गम्भीर समस्या

टाइफाइडबाट बच्ने उपायहरु

यस २४ दिने खोप अभियानलाई सफल पारौँ । पानी र सरसफाइको गुणस्तरमा कमि हुँदा टाइफाइड लाग्ने सम्भावना धेरै हुन्छ । त्यसैले आफ्नो र बालबालिकाको स्वास्थ्यको लागि सरसफाइमा उचित ध्यान दिनुको विकल्प छैन ।