सहिद रत्न बान्तवा तीन २७ काे संयोग : घर आँगनकै सालिक अगाडि नयाँ इतिहास कोर्ने बाचा

सन्दर्भ : सहिद रत्न बान्तवा ४३ औ स्मृति दिवस

सहिद रत्न बान्तवा तीन २७ काे संयोग : घर आँगनकै सालिक अगाडि नयाँ इतिहास कोर्ने बाचा

सन्जिप राई  |  साहित्य  |  चैत्र २७, २०७८

आज चैत २७, सहिद रत्न बान्तवाको ७० औ जन्म जयन्ती तथा ४३ औ स्मृति दिवस !  स्वर्णिम भविष्यको सपना देखिरहेको र त्यस प्रतिको सृजनशील लगाव, आलोचनात्मक चेत र अदम्य साहस बोकिरहेको जो कोही क्रान्तिकारी र देशभक्त युवाहरू, जसले महान् सहिद रत्न बान्तवा  प्रति जानकार नहुने कुरै भएन। 

त्यसो त विकराल राजनीतिक अवस्थासँगै  धेरै मानिसहरूलाई सहिद रत्न बान्तवाले जनवादी क्रान्तिका लागि खेलेको भूमिका, बोकेको विचार र देखेको सपनाहरू आज अमुख पार्टी, नेता कार्यकर्ताहरूलाई 'मागी खाने भाँडो र जपी खाने मन्त्र'  सिवाय अरु केही भइरहेको छैन । 

ठिक एक वर्ष अगाडी, आजैका दिन युवा संघ नेपालको पाँचथर जिल्ला युवा भेला सम्पन्न गरी  इलामको बैठक तर्फ बिहान फर्कन लागेका थियौँ ।  युवा संघ नेपालका अध्यक्ष कमरेड नरेश शाहीले इलाम सदरमुकाममा हुन लागेको बैठक  र सहिद रत्नको घरमा जानु  उपयुक्त हुने सुझाव दिनु भयो । 

 मैले संघका केन्द्रीय उपाध्यक्ष कमरेड मुना शर्मा कमरेड भाइ चुन लामा (इलाम इन्चार्ज) र कमरेड महेश तिवारी (जिल्ला अध्यक्ष)सँग सम्पर्क छलफल गरी चित्रे गाउँस्थित सहिद रत्नको घरमा बैठक गर्ने निधो गरियो । 

सोही अनुसार सबै साथीहरूलाई सर्कुलर पठाइयो ।  यात्राका क्रममा रहेका कमरेड प्रत्युस राना र कमरेड भाइचुंग लामाले सहिदहरूको बारेमा, घरी कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्थाको बारेमा धेरै कुरा कमरेड नरेश शाहीलाई सुनाई रहनुभएको थियो ।  तर मेरो मन भने कता–कता विचलित र बेचैन भई रहेको थियो । करिब सवा २ घण्टापछि फिदिम राँके रक्से हुँदै चित्रे गाउँ स्थित सहिद रत्नको घरमा पुग्यौ ।

  हामी भन्दा अगाडि नै एमाले इलामको पटक पटक  नेतृत्व गरी सक्नु भएका पूर्व संसद् कमरेड मणि लिम्बु पुगिसक्नु भएको रहेछ । भेट्नासाथ हामीले अभिवादन गर्‍यौँ । कमरेड नरेश र मणिबीच सहिद रत्नका बारेमा अनौपचारिक संवादहरू भई रहे  । 

 इलामका विभिन्न ठाउँहरूबाट साथीहरू आउने क्रम जारी थियो । कमरेड मुना शर्मा, कमरेड निर्भीक खनाल कमरेड रमेश जोखिम लगत हामीहरू एकोहोरो सुनिरहेका थियौ ।  स्थानीय केही युवा साथीहरू सहित कमरेड महेश बान्तवा (सहिद रत्नको भाइ) आई पुग्नुभयो ।  हामीले हार्दिक अभिवादन गर्‍यौँ । कमरेड महेश बान्तवा सम्बन्धले कोपा (हजुरबा) पर्ने भएकाले म र कोपा कमरेड सँग धेरै वर्ष पछिको भेटमा सम्बन्धलाई नवीकरण गर्‍यौँ ।  

कुनै शक्तिपीठको  यात्रा गरे जस्तो हुने रहेछ ।  सहिद रत्न बान्तवा क्रान्तिकारीका लागि प्रेरणाका पुञ्ज   हुनु हुन्छ  ।  कमरेड रत्नले भत्काएका इतिहासलाई जोडेर एउटा नयाँ इतिहास कोर्ने जिम्मा वर्तमानले हामी युवाहरूलाई दिइएको छ ।  फेरी पनि महान् सहिद रत्न बान्तवा प्रति भाव पूर्ण श्रद्धाञ्जली ! 

कमरेड महेश वान्तवाले नेकपा भित्रको समस्या र पार्टी नेताहरूको कार्यशैली बारे दुःख प्रकट गर्दै सहिद रत्नको घरको ढोकामा लागेको ताल्चा खोली दिनु भयो । हामी घर भित्र प्रवेश गर्‍यौ, त्यस पछि रत्नले खनेको सुरुङ भित्र प्रवेश गर्‍यौ, सुरुङ भित्रको बैठक कक्ष हेर्‍यौँ । 

 हुन त त सुरुङ अवलोकन भने मेरो तेस्रो पटक थियो । सुरुङ असाधारण त छदै छ ।  त्यो निरङ्कुश पञ्चायत कालिन समयमा रत्नको अद्भुत साहस र क्रान्तिकारिताको जति व्याख्या गरे पनि कम नै हुन्छ । 

फेरी कमरेड नरेश शाहीले कमरेड महेश बान्तवासँग  संवाद गर्न थाल्नु भयो ।  हामीहरूले हाम्रा जिज्ञासाहरू राख्न थाल्यौ ।  कमरेड महेश वान्तवाले सहिद रत्न चैत २७ गते जन्मनु भएको र २७ वर्षको उमेरमा चैत २७ गते नै क्रान्तिका लागि ज्यानको  बलिदान गरेको कुरा भावुक हुँदै बताउनु भयो ।

 सिङ्गो चित्रे गाउँले असाध्यै दुःख र पिडा पाएको भकानिदै भन्नु भयो । मेरो मन मस्तिष्क का  क्यान भासमा दुम्सीका  काँडाहरूले घोच्न थाल्यो ( २७ बर्से रत्न, त्यो चित्रे गाउँ, रत्नका  सहयोद्धाहरू र परिवारका सदस्यहरूलाई निरङ्कुश पञ्चायतले दिएको पिडा र बर्बर यातनाले थिलथिलो परेका ज्यानहरू........ । 

तर टल्की रहेको समानता र न्यायका ओजस्वी दीपहरू भने अवश्य बलिरहेका थिए तर त्यो चित्रे गाउँ अझै उजाड र पट्यार लाग्दो छ । व्यवस्था र अवस्था फेरियो तर सास फेर्न सकिएन भने जस्तै गैर कम्युनिस्टहरूको विजय र राज आझै चली रहेको थियो  । 

कमरेड मणि लिम्बु र महेश वान्तवाले हाम्रा जिज्ञासाका जवाफहरू  दिइरहनुभएको थियो ।  इलामका विभिन्न ठाउँहरू बाट कमिटीका अधिकांश साथीहरू आइरहनुभएको थियो । सहिद रत्नको घर प्राङ्गणमा रहेको रत्न स्मृति प्रतिष्ठानको हलमा बैठक  सुरु भयो ।

 कमरेड नरेश शाही,  क‍‍‍‍. मणि लिम्बु, क. मुना शर्मा र मैले नेकपा भित्रको सङ्कट बारे चर्चा गर्दै,  उपस्थित सम्पूर्ण साथीहरूले महान् सहिद रत्न बान्तवा प्रति श्रद्धा सुमन अर्पण गर्‍यौँ ।   

नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी अवसरवादबाट ग्रसित भएको  र नेकपा दुई टुक्रा (एमाले धारा र माओवादी धारा) मा विभक्त भई सकेको थियो भने केपी ओली गुट एमालेलाई व्यवस्थित नगरेर नेकपा फुटको खरानीमा धुलो उडाइरहेको थियो . 

 इलामे लाल युवाहरू क्रान्तिकारी भूमिका चलिरहेको बैठकमा घनिभूत छलफलमा थियौँ । दिन भरि चलिरहेको बैठकमा तत्कालीन पार्टी नेतृत्व केपी ओलीको दम्भी  अहङ्कारी र स्वेच्छाचारिता का कारण सिङ्गो आन्दोलन सङ्कटमा परेको, संविधान माथि बलजफती गरी दुई ( दुई पटक संसद् भङ्ग गरेको साथै दुई तिहाइ नजिकको संसद् भङ्ग गर्ने कदम दक्षिणपन्थी अवसरवादले ग्रसित रहेको ठहर गरेका  थियौँ । 

महान् सहिद रत्न बान्तवा , बम बान्तवा जस्ता सहिदहरूको घोर अपमान र सहिद परिवारहरूको चिर हरण भएका कारण क्रान्तिकारी पार्टी र सङ्गठनले मात्र समाजवादी क्रान्ति सम्पन्न गर्न सक्दछ भन्ने निष्कर्षका साथ हामी सबैले शिर झुकाएर सम्मानका साथ सहिद रत्न बान्तवा र बम वान्तवाको सालिकमा माल्यार्पण गरी बैठक सम्पन्न भयो ।  

 सन्ध्याकालीन बादलका घुम्टोहरूले सहिद रत्नको सालिकलाई ढाकी रहेको थियो ।  हामी हाम्रा गन्तव्य तर्फ लग्न थाल्यौँ । सहिद रत्नको घर र सुरुङ पस्दा पक्कै पनि मानिसहरूलाई कुनै पावन मन्दिरमा पसे जस्तो अनुभव हुने रहेछ ।

 कुनै शक्तिपीठको  यात्रा गरे जस्तो हुने रहेछ ।  सहिद रत्न बान्तवा क्रान्तिकारीका लागि प्रेरणाका पुञ्ज   हुनु हुन्छ  ।  कमरेड रत्नले भत्काएका इतिहासलाई जोडेर एउटा नयाँ इतिहास कोर्ने जिम्मा वर्तमानले हामी युवाहरूलाई दिइएको छ ।  फेरी पनि महान् सहिद रत्न बान्तवा प्रति भाव पूर्ण श्रद्धाञ्जली ! हार्दिक श्रद्धा सुमन !!  संग्रामी  लाल सलाम !!!