नेपाल-भारत त्रि दिवसीय साहित्य महोत्सवको २०७९ बैशाख १६-१८ मा काठमाडौँमा

नेपाल-भारत त्रि दिवसीय साहित्य महोत्सवको २०७९ बैशाख १६-१८ मा काठमाडौँमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र २७, २०७८

काठमाडौं । नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय  नेपाल-भारत साहित्य महोत्सव २०२२ काठमाडौँमा आगामी २०७९ बैशाख १६-१८ मा हुने भएको छ । 

महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको  सभापतित्वमा र मेरठ  लिटरेरी  फेस्टिबलका अध्यक्ष डा. विजय पण्डितसहितको उपस्थितिमा आज काठमाडौंमा भएको बैठकले उक्त निर्णय गरेको हो । 

काठमाडौँमा गत फेब्रुअरी २६(२८, २०२२ मा आयोजना गर्ने भनिएको त्रिदीवसीय नेपाल(भारत साहित्य महोत्सव ओमिक्रोन महामारीको कारण स्थगित गरिएको थियो । 

आजको बैठकमा साहित्यकारहरु प्रमोद प्रधान, मुरारी सिग्देल, अस्मिता सुमार्गी, मन्जिला अनिल, नीता श्रेष्ठ, ज्ञान्दारी कैनी, रेखा यादव, पारु तिमिल्सिना, दिनदयाल रिजाललगायतको उपस्थिति रहेको थियो । 

महोत्सवका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्य रहेको छ । यस महोत्सवका माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास पनि लिइएको छ । 

महोत्सव पहिलोपटक वीरगन्जमा भएको थियो । महोत्सवको रूपमा हुने सो कार्यक्रमअन्तर्गत पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मी संग साक्षात्कार, महफिल, बहुभाषिक कवि गोष्ठी, लघुकथा वाचन, अनुवाद सत्र, साँस्कृतिक कार्यक्रम, स्मारिका प्रकाशन, सम्मान समारोह, काठमाडौं घोषणापत्र जारी लगायत हुनेछन् ।