डा. रजनी ढकालको ‘पर्खेर बस्छु’ लोकप्रिय बन्दै

डा. रजनी ढकालको ‘पर्खेर बस्छु’ लोकप्रिय बन्दै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र २८, २०७८

काठमाडौँ । कवि तथा गीतकार डा. रजनी ढकालद्वारा रचित ‘पर्खेर बस्छु म तिम्रै बाटो’ बोलको गीत तथा म्युजिक भिडियो लोकप्रिय बन्दै गइरहेको छ ।

ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट भिडियो प्रसारण भएको छ । गीतमा चर्चित गायिका रचना रिमालको स्वर सजिएको छ । कर्ण प्रिय गीत ‘पर्खेर बस्छु म तिम्रै बाटो’मा  प्रीति बहादुर खत्रीको सुमधुर सङ्गीत रहेको छ ।

भिडियोमा आयुष्मा आचार्य, समीर अर्याल, डा. रजनी ढकाल, इ. समीर ढकाल, विव्येश्वरी काफ्ले, डा अग्निप्रसाद काफ्ले र अनिमा पौडेलको अभिनय रहेको छ । त्रिभुवन विश्वविद्यालयमा छायाङक्न गरिएको भिडियो निकै सुन्दर बनेको छ ।

भिडियो निर्देशन सङ्गीतकार खत्री स्वयंले गरेका हुन् । भिडियोमा सरोज शाहीको छायाङ्कन र निरजन केसीको सम्पादन रहेको छ ।