गरिमा विकास बैंक : ‘पोखरा बाटिका–क्लासिक होटल’ का सेवा सुविधामा छुट  दिने सम्बन्धी सम्झौता

गरिमा विकास बैंक : ‘पोखरा बाटिका–क्लासिक होटल’ का सेवा सुविधामा छुट  दिने सम्बन्धी सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १, २०७९

काठमाडौँ ।  नयाँ बर्षमा आन्तरिक पर्यटनलाई  प्रोत्साहन तथा प्रबर्द्धन गर्नुको साथै हाम्रो ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि हामीले पर्यटकिय स्थल पोखराको प्रख्यात होटल ‘पोखरा वाटिका– क्लासिक होटल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरूमा आर्कषक छुटको लागि सम्झौता गरेको बैंकले जनाएको छ । 

गरिमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले दिनु भएको जानकारी अनुसार  होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरूमा २० प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५   प्रतिशत छुट साथै अन्य सेवा सुविधाहरूमा आर्कषित छुटको लागि सम्झौता गरेका हौं । सम्झौता अनुसार, यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकहरुले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने छन् । 

हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।