नबिल बैंक : नयाँ वर्ष अवसरमा क्यूआर कारोबारमा आधारित 'क्यासब्याक' योजना सार्वजनिक

नबिल बैंक : नयाँ वर्ष  अवसरमा क्यूआर कारोबारमा आधारित 'क्यासब्याक' योजना सार्वजनिक

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १, २०७९

 काठमाडौँ । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित 'क्यासब्याक'  योजना सार्वजनिक गरेको  बैंकले जनाएको छ ।

 बैंकको संस्थागत संचार बिभागका अनसार  नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित 'क्यूआर- कोड  महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन'  परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो । 

विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवा उद्यमीहरु प्रवर्द्धन गर्ने उदेश्यका साथ यो योजना सुरु गरिएको छ । यस परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको युवा उद्यमी जसको स्वामित्वमा व्यवसाय भएको वा जसले प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्दछ । 

सुरुमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर  मर्चेण्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५५ वा अधिकतम प्रति कारोबार रु।२०० र प्रति दिन प्रति मर्चेन्ट अधिकतम रु।५०० सम्म क्यासब्याक  प्रदान गरिने बैंकले जनाएको छ ।  यो योजना २०७९ बैशाख १ गतेदेखि लागु हुनेछ । 

यस योजना मार्फत नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैकिङ्ग च्यानलमा भित्र्याउने, उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रुपान्तरणलाई बढावा दिने लक्ष्य बैंकले लिएकोे छ  ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १४६ शाखा,  १८० एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् डिजिटल सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसे ढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहक वर्गको उच्च सन्तुष्टि एवम आधुनिक डिजिटल बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको बैंकले उल्लेख गरेको छ ।