नेपाल व्यवस्थापन संघको प्रथम उपसभापतिमा शिवम् सिमेन्ट सञ्चालक अध्यक्ष डा. गोयल

नेपाल व्यवस्थापन संघको प्रथम उपसभापतिमा शिवम् सिमेन्ट सञ्चालक अध्यक्ष डा. गोयल

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १, २०७९

काठमाडौँ । नेपाल व्यवस्थापन संघको  २०७८ चैत्र ३० गते बसेको ने कार्यकारी बोर्डको बैठकले  शिवम् सिमेन्ट लिमिटेडका सञ्चालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयललाई  प्रथम उपसभापति पदमा निर्विरोध निर्वाचित गरेकाे शिवम् सिमेन्टले जनाएको छ । 

२०७८ चैत्र २६ गते, काठमाडौँमा सम्पन्न भएको ४१ औँ वार्षिक साधारण सभाको निर्वाचनबाट संस्थागत समूह तर्फबाट शिवम् सिमेन्ट सहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जना वोर्ड सदस्यमा निर्वाचित हुनु भएकोमा बोर्ड सदस्यहरू मध्येबाट  उपेन्द्र पौड्याल अध्यक्षमा र डा. सुरेन्द्र कुमार गोयल प्रथम उप–सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएको थियो । शिवम् सिमेन्टका सञ्चालक अध्यक्षलाई प्रथम उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित गराउनु हुने सम्पूर्ण सदस्य महानुभावहरू तथा शुभेच्छा प्रकट गर्नु हुने सम्बन्धित नेपाल व्यवस्थापन संघका कार्यकारी सदस्यहरू तथा संस्थागत सदस्यहरू, आजीवन सदस्यहरू तथा साधरण सदस्य प्रति शिवम् सिमेन्ट परिवारले  हार्दिक आभारका साथ धन्यवाद समेत व्यक्त गरेको छ ।