नवौँ राष्ट्रिय खेलकुदः लोगो, मस्कट, गीत रचना र नारा पेस गर्न आह्वान

नवौँ राष्ट्रिय खेलकुदः लोगो, मस्कट, गीत रचना र नारा पेस गर्न आह्वान

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ४, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा पेस गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आह्वान गरेकाे छ । राखेपले ११ वैशाखसम्म प्रस्ताव पेस गर्न आह्वान गरेको हो । आगामी २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा प्रतियाेगिता हुँदै छ । 

गत साता बसेको मन्त्रिपरिषद्को निर्णयले प्रतियोगिता जेठ तेस्रो साता गर्ने निर्णय गरेको हो । 

लोगोमा गण्डकी प्रदेशको समग्र प्रतिबिम्ब, नवौँ राष्ट्रिय खेलकुद र शक्तिको प्रतीक भएको हुनुपर्ने उल्लेख गरिएको छ । 

त्यस्तै, मस्कटका लागि गण्डकी प्रदेशको प्रख्यात जनावर, गीत रचनाका लागि बढीमा ४ मिनेट हुनुपर्ने, राष्ट्रिय भावनाले ओतप्रोत भएको, खेल, खेलाडीको भावना समेटिएको हुनुपर्नेछ । 

छनोट भएका लोगोलाई ५० हजार रुपैयाँ, मस्कटलाई २५ हजार रुपैयाँ, गीत रचनालाई २० हजार रुपैयाँ र नारालाई १० हजार रुपैयाँ प्रदान गरिने उल्लेख छ ।