डिश होमको सामाजिक उत्तरदायित्व : शैक्षिक सामग्री सहितको झोला वितरण

डिश होमको सामाजिक उत्तरदायित्व : शैक्षिक सामग्री सहितको झोला वितरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ४, २०७९

ललितपुर । डिश मिडिया नेटवर्क लिमिटेड  (डिश होम ) ले सामाजिक उत्तरदायित्व अन्तर्गत बालकल्याण आधारभुत विद्यालयमा ३ बैशाख  २०७९  मा एक कार्यक्रमका बीच उक्त  विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको झोला वितरण  गरिएको छ ।

११० जना बिद्यार्थी रहेको उक्त विद्यालयका  विद्यार्थीहरुलाई  डिश होमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले शैक्षिक सामग्री सहितको झोला वितरण गर्नुभएको हो । 

डिश होम को उक्त कार्यक्रम मा येक्येवाद्दता जनाउदै नयन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराम सापकोटा ले सहकारी को तर्फवाट  वाटर डिस्पेन्सर, पानि को जार, डस्टविन लगायत अन्य सामाग्रीहरु विद्यालयका  प्रधानाध्यापक विष्णुहरि अधिकारी लाइ हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रम मा विद्यालय ब्यबस्थापन समिति का अध्यक्ष विनोद नेपाली,  डिस होमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदी, सेल्स अफिसर बिमल मान थापा, खेमराज देवकोटा, सहकारीका प्रतिनिधिहरु, विद्यालायाका शिक्षकहरु ,अभिभावक र विद्यार्थीहरु को उपस्थित रहेको थियो। । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रदिप सुबेदीले  डिश होमले देशैभरि विद्यार्थीहरुको उज्वल भविष्य को लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराउनुभयो ।