अफगानी विद्यालयमा विस्फोट

अफगानी विद्यालयमा विस्फोट

लोकसंवाद संवाददाता  |  विदेश  |  बैशाख ६, २०७९

पश्चिम काबुलको एउटा विद्यालयमा ३ वटा विस्फोट भएका छन् । विस्फोटमा धेरै मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ । 

‘माध्यमिक विद्यालयमा ३ वटा विस्फोट भएका छन् । विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्’, समूहका खालिद जद्रानले भने । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन ।