स्पोर्टस् फेस्टिभल २०२२ :  नेपालको प्रतिनिधित्व गर्दैै  कराँतेका १७ खेलाडीले भारतमा प्रतिस्पर्धा गर्ने

स्पोर्टस् फेस्टिभल २०२२ :  नेपालको प्रतिनिधित्व गर्दैै  कराँतेका १७ खेलाडीले भारतमा प्रतिस्पर्धा गर्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ७, २०७९

रुपन्देही । बैशाख १० र ११ हुने स्पोर्टस् फेस्टिभल २०२२ मा  नेपाली खेलाडी सहभागी हुने भएका छन्  ।

भारतको न्यू दिघामा हुने फेस्टिभलको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जापान गोजुरियो कराँते डो मिसनको नेतृत्वमा १७ जना खेलाडीको टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
खेलाडीसहित ६ जना अफिसियल पनि भारत जाने तय भएको नेपाली टिमका प्रमुख कोच तथा जापान गोजुरियो कराँते डो मिसन संघका संस्थापक काजी रानाले बताए ।

प्रतियोगितामा स्वर्ण पदक विजेताहरु सन्तु  दंगोरिया थारु, विपिन राना, राजकुमार हरिजन, सुनिल रावत, दिलमाया राना, गौरव पौडेल, दिल बुढाथोकी लगायत खेलाडीको सहभागिता रहनेछ ।