क्यान इन्फोटेकको डाइमन्डको  प्रायोजक डिशहोम फाइबरनेट

क्यान इन्फोटेकको डाइमन्डको  प्रायोजक डिशहोम फाइबरनेट

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ७, २०७९

ललितपुर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक आज बुधवारदेखि काठमाडौँको भृकुटीमण्डपमा हुँदै छ । 

२७ औँ संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा डायमन्ड प्रायोजक डिश होम फाइबर नेट रहेको छ ।

डाई मण्ड प्रायोजक डिश होम फाइबर नेटले आफ्नो स्टलनं. डी ३१ मार्फत आफ्नो फाइबर नेटको  आवश्यक जानकारी दिनुका साथै, भिजिटरलाई डिश होम गो को एक हप्ताका लागी प्रयोग गर्न मिल्ने युजर आइडी तथा पासवर्ड प्रदान गर्नेछ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ ।

यस पटकको क्यान इन्फोटेकमा आइसिटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, सूचना प्रविधि, वाई–फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरू समेत डिस हाेमले जनाएको छ। 

यस वर्षको क्यान इन्फोटेक साढे तीन लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।

यो मेलालाई आईएमई पेले शीर्ष प्रायोजन गरेको छ भने सह प्रायोजकको रुपमा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) रहेको छ । साथै प्लेटिनम प्रायोजकमा वर्ल्ड लिङ्क  कम्युनिकेसन्स,  डायमन्ड प्रायोजक डिशहोम  फाइबर नेट, गोल्ड प्रायोजकमा  नेपाल टेलिकम, सिल्भर प्रायोजकमा नमस्ते पे, एस–पावर र डिजिकम रहेका छन् ।