गठबन्धनको सहमति: माओवादी केन्द्र र एकीकृत समाजवादीले पाएको महानगरमा कार्यन्वयन नै चुनौती !

गठबन्धनको सहमति: माओवादी केन्द्र र एकीकृत समाजवादीले पाएको महानगरमा कार्यन्वयन नै चुनौती !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७९

काठमाडौँ । सत्ता गठबन्धन बीच भएको सहमतिसँगै आगामी स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगभग महानगर र उपमहानगरपालिकामा  बराबर सिट बाँडफाँड गरिएको  पाइएको छ  । 

सत्ता गठबन्धनको २०७८ वैशाख ७ गते बुधवार बसेको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा तालमेल गरेर उम्मेदवारी दिने निर्णय गरेका  थिए । तर अब याे कसरी कार्यन्वयन हुन्छ भनेर हेर्न बाँकी छ  । केन्द्रमा भएकाे सहमती सँगै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्राप्त गरेका महानगर भरतपुर र पोखरामा नेपाली कांग्रेसको असन्तुष्टि छताछुल्ल भएको छ ।  नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पाएका महानगरमा सहमति कार्यन्वयन गर्ने चुनौती देखा परेको छ । 

उक्त निर्णय अनुसार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले महानगरमा समान एक/एक महानगर प्रमुखमा उम्मेदवारी दिने छन् । सहमति अनुसार नेकपा  माओवादी केन्द्रले भरतपुर महानगरमा मेयरमा गठबन्धनका तर्फबाट मनोनयन दर्ता गर्ने छन् भने नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको मेयरको उम्मेदवारीको मनोनयन दर्ता गर्ने छन्  ।

त्यसै गरी  दुवै दलले महानगरमा उपप्रमुख एक/एक स्थानमा पाउने सहमति गठबन्धनमा भएको छ । काठमाडौँ महानगर मा नेकपा (एकीकृत समाजवादी)ले उपप्रमुख उम्मेदवारीको मनोनयन दर्ता गरी रहँदा  ललितपुरमा भने माओवादी केन्द्रले उपप्रमुख उम्मेदवारीको मनोनयन दर्ता गर्ने छ । 

त्यस्तै उपमहानगरपालिका प्रमुखमा माओवादीले दुई स्थानमा उम्मेदवारीको मनोनयन दर्ता  गर्ने छ ।  उपमहानगरपालिका प्रमुखमा घोराही र जितपुर सिमरामा माओवादीले मेयर उम्मेदवारीको मनोनयन दर्ता गराउँदै गर्दै गर्दा नेकपा (एकीकृत समाजवादी) ले हेटौँडा उपमहानगरको  प्रमुखमा  उम्मेदवारीको मनोनयन दर्ता गराउने छ ।  उपमहानगरमा भने  माओवादीले एक स्थान बढीमा उम्मेदवारीको मनोनयन दर्ता गराउने भएको छ । 

त्यस्तै उपमहानगरको उपप्रमुखमा नेकपा माओवादी केन्द्रले दुई स्थानमा उम्मेदवारीको मनोनयन दर्ता गर्ने छ  भने नेकपा (एकीकृत समाजवादी)ले तीन स्थानमा गठबन्धनको तर्फबाट उम्मेदवारीको मनोनयन दर्ता गर्ने छन् । 

नेकपा माओवादी केन्द्रले उपमहानगरको उपप्रमुखमा  धरान र घोराहीमा उपप्रमुख उम्मेदवारीको मनोनयन दर्ता गर्ने छन् भने  इटहरी, बुटवल र तुलसीपुरमा  नेकपा (एकीकृत समाजवादी) ले उपप्रमुख उम्मेदवारीको मनोनयन दर्ता गर्ने निधो गरेका छन् न 

हात पारेको छ । 

नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले मनोनयन दर्ता नगर्ने  महानगर/ उपमहानगरहरु

नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले  काठमाडौँ, ललितपुर र विराटनगर महानगरको प्रमुखमा मनोनयन दर्ता गर्ने छैनन् जहाँ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले मनोनयन दर्ता गर्ने छ । त्यस्तै वीरगन्ज, भरतपुर र पोखरा  महानगरको उपप्रमुखमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले मनोनयन दर्ता गर्ने छैनन् जहाँ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले मनोनयन दर्ता गर्ने छ ।

त्यसै गरी  उपमहानगरहरू धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढीको प्रमुखमा पनि नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले मनोनयन दर्ता नगर्ने भएका छन् । यी उपमहानगरहरूमा नेपाली कांग्रेसले गठबन्धनको तर्फबाट मनोनयन दर्ता गर्ने छ । जितपुर सिमरा, घोराही र धनगढी उपमहानगरमा पनि  उपप्रमुख नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले मनोनयन दर्ता गर्दै छैनन् जहाँ नेपाली कांग्रेसले मनोनयन दर्ता गर्ने तय गरिएको छ । 

त्यस्तै वीरगन्ज महानगरको प्रमुखमा  र विराटनगर  महानगरको उपप्रमुखमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले मनोनयन दर्ता गर्ने छैनन् जहाँ जनता समाजवादी पार्टीले   प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गर्ने छ । जनकपुर उपमहानगरको प्रमुख तथा कलैया र नेपालगन्जको उपप्रमुखमा पनि  नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले मनोनयन दर्ता गर्ने छैनन् जहाँ जनता समाजवादी पार्टीले  मनोनयन दर्ता गर्ने निर्णय गरिएको छ ।